Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

बढीले कल्भर्ट बगाउदा बेनी–जोमसोम सडक अवरुद्ध

३० मंगलबार , जेठ २०८०एक बर्ष अगाडि

मंगलबार रातिको अविरल वर्षपछि आएको बढीले कल्भर्ट बगाउदा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट बगाएपछी बेनी–जोमसोम सडक अवरुद्ध भएको हो ।

अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट बाढीले बगाए पछी म्याग्दी जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको बताईएको छ ।

उक्त कल्भर्ट बढीले बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको  छ भने सडक अवरुद्ध हुँदा बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारीसाधन बीच बाटोमै रोकिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताएका छन् । 

२०८० जेठ ६ गते रातिको बाढीले भुरुङ्ग–तातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काए पछी उक्त ठाउमा ह्युमपाइप राखेर अस्थायी संरचना तयार पारिएको थियो । उक्त स्थानमा गएरातिको बढीले पुनः क्षति पुर्याएपछी अहिले आवतजावत बन्द भएकाले बिहानैदेखि डोजर र मजदूर परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेको बताईएको छ ।

उक्त सडक खण्डको बेनी–जोमसोम जोड्ने ७६ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडक आयोजनामार्फत स्तरोन्नतिको क्रममा छ ।