Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

कानुन विपरीत संचालित २ स्वास्थ्य संस्थामा ताला

३० मंगलबार , जेठ २०८०एक बर्ष अगाडि

कानुनीरुपमा संचालन नभएको २ स्वास्थ्य संस्थामा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ । महानगरपालिकाले अनुगमन गर्ने  क्रममा कानूनी रुपमा सञ्चालन नभएको पाइएपछि तालबन्दी गरेको हो ।

महानगरपालिकाले २०८० जेठ ६ गते कुल शैय्याको १० प्रतिशत असाहय विपन्नसहित लक्षित वर्गलाई नि:शुल्क उपचार गर्नुपर्ने सूचना जारी गरेको भएपनि अनुगमनका क्रममा कानून अनुसारको सेवा नदिएको र अस्तव्यत रहेको पाइएपछि २ वटा स्वास्थ्य सस्था बन्द गरिएको मेयर बलेन्द्र शाहले बताएका छन् ।

मेयर शाहकाअनुसार तालबन्दी गरिएका दुई संस्थाको थप सघन अनुगमनका लागि महानगरको स्वास्थ्य विभागलाई निर्देशन दिएको छ । लोकप्रियताका लागि नभइ स्वास्थ्य सेवा सर्वसाधारणको सेवामा पुर्‍याउन कानुनमा भएको व्यवस्था अनुसार यो काम गरिएको पनि मेयर शाहको भनाई छ ।

मेयर शाहले सबैको पहुँच स्थापित हुने गरी स्वास्थ्य सस्थामा सुधार नभए महानगर क्षेत्रभित्रका प्रदेश र संघ मातहतका अस्पतालमा समेत हस्तक्षेपकारी कानूनी कारबाही गरिने चेतावनी दिदै कानुन बमोजिम संचालन गर्न सबै स्वास्थ्य सस्थालाई आग्रह गरेका छन् ।