Advertisement Banner
Advertisement Banner

२९ बुधबार, माघ २०८२10th February 2026, 12:33:31 am

मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तसम्म म्याद

२९ सोमबार , जेठ २०८०३ बर्ष अगाडि

मर्ज हुन चाहने क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले असार मसान्तसम्मको समय दिएको छ । सम्बन्धन प्राप्त मर्ज हुन चाहने क्याम्पसहरुलाई त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले एक सूचना जारी गर्दै असार मसान्तसम्मको समय दिएको हो । 

मर्ज हुनका लागि नवीकरण अद्यावधिक भएका त्रिविबाट सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पसहरु पूर्णरुपले समायोजन हुन चाहेमा आफ्नो क्याम्पससभा वा संचालक समितिबाट समायोजन हुने निर्णय गराई असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन दिनुपर्ने बतईएको छ । 

समायोजनका लागि कुनै शुल्क नलाग्ने त्रिविले स्पष्ट पारेको छ । मर्ज हुन चाहने क्याम्पसहरुको बेग्लाबेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्रहरु, नवीकरण पत्रहरु र अक्षयकोषको रसिदको प्रतिलिपी बुझाउनुपर्ने पनि त्रिविले जनाएको छ ।

हाल १४ सय ४० क्याम्पसमध्ये ६५ प्रतिशतभन्दा बढी मुस्किलले चल्दै आएका छन् । देशभर त्रिभुवन, संस्कृत, पूर्वाञ्चल, काठमाडौं, लुम्बिनीलगायत ११ वटा विश्वविद्यालयका आंगिक, सामुदायिक र निजी क्याम्पस रहेका छन् । 
 
त्रिविबाटै सम्बन्धन पाएका सबैभन्दा धेरै आंगिक, सामुदायिक र निजी क्याम्पस विद्यार्थी अभावले बन्द हुने अवस्थामा पुगेका छन् ।