Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

मनसुनबाट १२ लाख भन्दा बढी प्रभावित हुने

२९ सोमबार , जेठ २०८०एक बर्ष अगाडि

यस वर्षको मनसुनबाट झन्डै १२ लाख ५४ हजार भन्दा बढी मानिस प्रभावित हुने अनुमान गरेको छ । सरकारको विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुनजन्य विपद्बाट उक्त संख्यामा मानिस प्रभावित हुने अनुमान गरेको हो ।

यस वर्षको मनसुनजन्य विपद्बाट नागरिकलाई जोगाउन आवश्यक तयारी भइरहेको बताउदै विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले झन्डै १२ लाख ५४ हजार भन्दा बढी मानिस प्रभावित हुने बताएका छन् । 

विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार कोशी प्रदेशमा ३,०१,१४३ घरधुरीका ६८,९११ नागरिक प्रभावित हुने अनुमान छ । यस्तै मधेस प्रदेशमा४,०३,१८० घरधुरीका ९२,२६१, बागमती प्रदेशमा ९६,८५८ घरधुरीका २२,३९३ नागरिक प्रभावित हुने अनुमान गरिएको छ । 

त्यस्तै गण्डकी प्रदेशमा ६९,७४४ घरधुरीका १५,९६०, लुम्बिनी प्रदेशमा १,९९,८६ घरधुरीका ४५,७३५,  कर्णाली प्रदेशमा ३५,३३३ घरधुरीका ८,०८५ र सुदूरपश्चिम प्रदेशमा १,४७,०६० नागरिक प्रभावित हुने प्राधिकरणको अनुमान रहेको छ । 

सामान्यतया जेठ अन्तिम सातादेखि नेपालमा मनसुन प्रवेश गर्ने गरेको भएपनि यस वर्षको मनसुन जेठ ३१ वा ३२ गते पूर्वबाट प्रवेश गर्ने सम्भावना रहेको बताईएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीकाअनुसार नेपालमा मनसुन सरदर एक सय दिन क्रियाशील हुने गरेको छ । 

नेपालको मनसुनजन्य विपद् भनेको बाढी, पहिरो र भारी वर्षा हो । उक्त समयमा झाडापखाला, हैजा जस्ता पानीजन्य रोग, सर्पदंश, डेंगु, मलेरियाजस्ता किटजन्य प्रकोप बढ्ने गर्दछ । जसका काराण नेपालमा मनसुनजन्य विपद्ले नै धेरै नागरिकलाई प्रभावित पर्ने गरेको छ ।