Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नेपाल भाषा तथा लिपिको २१ दिने तालिम शुरु

२८ आइतबार , जेठ २०८०एक बर्ष अगाडि

नेपाल भाषा तथा नेपाल लिपि सिकाउन २१ दिने तालिम शुरु भएको छ । नेपाल लिपि गुठीसँगको सहकार्यमा गत आईतबार देखि तालिम शुरु भएको हो ।   

काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले काठमाडौंमा नेपाल भाषा तथा नेपाल लिपि सिकाउन तालिम आयोजना गरेको र त्यसका लागि नेपाल लिपि गुठीसँग सहकार्य गरी कक्षा सुरु गरेको बताएको छ ।

तालिमका लागि कक्षाको व्यवस्थापन काठमाडौँ महानगरपालिका वडा नम्बर ५ ले गरेको छ । विभाग उपनिर्देशक सिर्जु प्रधानकाअनुसार शनिबारबाहेक हरेक दिन साँझ ५:१५ देखि गहना पोखरीस्थित क्याम्पियन कलेजमा भइरहेको कक्षाका लागि कुनै शुल्क नलाग्ने बतईएको छ । 

पहिलोपटक लिपि र भाषामा २५-२५ जना गरेर कुल ५० जनालाई उक्त तालिम दिन लागिएको पनि विभाग उपनिर्देशक प्रधानले बताइन् । उनले अहिलेको तालिमको प्रभाव हेरेर आगामी दिनमा पुन: कक्षा सञ्चालन गर्ने सोचेका रहेको बताएकी छन्  ।