बाजुरा जिल्लमा भूकम्प गएको छ । सोमबार बिहान ७ बजेर ३८ मिनेटको समयमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको बताईएको छ । बाजुरामा यसअघि पनि पटक-पटक भूकम्प गइरहेको थियो ।
बाजुरा जिल्लाको बिछिया क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।