संघीय राजधानी काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै गोली चलेको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी एक युवामाथि गोली प्रहार गरेको हो ।
लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिन खोज्दा भागेपछि विमानस्थलको गेटनजिकै शम्भु मार्गमा लागुऔषध कारोबारी युवाको घुँडामुनी गोली लागेको विमानस्थल प्रहरी उच्च स्रोतले बताएको छ ।
घाइते युवकको बायाँ खुट्टाको घुँडामुनि गोली लागेको र हाल उनलाई केएमसी अस्पतालमा उपचारका लागि लगिएको ब्युरोले जनाएको छ । पछ्याउँदै गरेको ब्युरोको टोलीले पक्राउ गर्न खोज्दा ती युवाले बल प्रयोग गरेपछि गोली हानिएको बताइएको छ । घाइते युवकको नाम खुलाईएको छैन ।