Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सुदूरपश्चिममा विश्वविद्यालय बनाउन माग गर्दै हड्ताल

२७ शनिबार , जेठ २०८०एक बर्ष अगाडि

सुदूरपश्चिममा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आम हड्ताल गरिएको छ । गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयन गराउन माग गर्दै हड्ताल गरिएको हो ।

गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयबनाउने निर्णय भएको भएपनि यहि जेठ १५ गते सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८०/ ८१ को बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशको ९ वटै जिल्लामा हड्तालका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेको छैन । विभिन्न जिल्लामा रात्रिकालीन सवारी साधन भित्रिने क्रम भने जारी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार त्यस भेगका शैक्षिक संस्था र बजार व्यवसाय समेत ठप्प रहेका छन् । हड्तालका कारण अत्यावश्यकबाहेकका सेवा प्रभावित भएको छ । धनगढीसहित सुखड,लम्की,टीकापुर अत्तरिया, चिसापानीलगायतका क्षेत्रमा बजार व्यवसाय ठप्भप छ भने दुई पाङ्ग्रे बाहेकका अन्य सवारी साधन चलेका छैनन् ।

सरकारले आफ्नै निर्णयविपरीत गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेपछी विरोधमा उत्रिएका आन्दोलनकारीले सरकारले विश्वविद्यालय निर्माण गर्ने निर्णय नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने बताएको छ ।