Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

रिटर्नी माइग्रेट नेपालको दोश्रो राष्ट्रिय सम्मेलन सम्पन्न

२४ बुधबार , जेठ २०८०एक बर्ष अगाडि

वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको सस्था रिटर्नी माइग्रेट नेपालले बुधबार दोश्रो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । भक्तपुरको भिजन बैङ्केटमा २१ सदसीय नयाँ नेतृत्व चयन गर्दै दोश्रो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको हो ।

'प्रवासबाट सिकेको सीप​, ज्ञान र पुँजी स्वदेशको लागि' भन्ने मूल नाराका साथ सम्पन्न दोश्रो राष्ट्रिय सम्मेलनले लक्ष्मी प्रसाद आचार्यको अध्यक्ष रहने गरि नयाँ कार्यसमिति छनौट गरेको छ । दुई  वर्षका लागि बनेको कार्यसमितिको उपाध्यक्षहरुमा ऋषि बस्याल, सिता बस्याल , चेत बहादुर थापा रहेका छन् ।

सस्थाको महासचिवमा कृष्ण कुमार न्यौपाने र सचिवहरुमा हरि बहादुर खत्री,शान्ति लामा,काजीराम खड्का साथै कोषाध्यक्षमा अजिता ठकुरी सर्वसम्मत चयन भएका छन् । २०७५ श्रावण २३ गते बैधानिक रुपमा स्थापना भएको उक्त सस्थाको दोश्रो राष्ट्रिय सम्मेलन निकै सभ्य र भव्यताका साथ् सम्पन्न गरिएको हो ।

निवर्तमान अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न सम्मेलनमा सस्थाको प्रतिवेदन सार्वजनिक गर्दै सस्थाले हालसम्म ३५ वटा जिल्लामा शाखा कार्यालय खोलिसकेको जानकारी गराइएको थियो । 

उक्त सस्थाले श्रम रोजगार ताथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डसंगको सहकार्यमा बैदेशिक रोजगारबाट फर्केका एक हजार भन्दा बढिलाई वित्तीय साक्षरता सम्बन्धि तालिम दिएको समेत जानकारी गराएको थियो ।