Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

तीन महिना सडक खन्न नपाइने

२४ बुधबार , जेठ २०८०एक बर्ष अगाडि

अबदेखि वर्षाको समयमा सडक खन्न नपाईने भएको छ । सडक विभागले बिहीबार सूचना जारी गर्दै आगामी असार १ गतेदेखि भदौ मसान्त सम्म तीन महिना सडक खन्न रोक लगाएको हो ।

वर्षातका तीन महिना देशभरका सडक खन्न रोक लगाइएको सडक विभागले वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोनलगायतको प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएको हुँदा झनै बिग्रने भएकाले तीन महिना सडक खान्न रोक लगाएको बताएको छ ।

विभाग अन्तर्गतको कार्यालयले बर्खायाममा खनेको सडक झनै बिग्रने भएकाले असार एक गतेदेखि भदौ मसान्तसम्म कुनै पनि सडक नखन्न सूचना जारि गर्दै कार्यालयले भाद्र मसान्तसम्म सडक खन्ने स्वीकृति नै नदिइने जनाएको छ ।

विभागको सूचनालाई अटेरी गरी जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन-२०३१ अनुसार कारबाही गर्ने समेतको चेतावनी दिएको छ ।