Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

गर्मि अझै केहिदिन नघट्ने

२४ बुधबार , जेठ २०८०एक बर्ष अगाडि

गत हप्तादेखि बढेको गर्मि अझै केही दिन नघट्ने मौसमविद्ले बताएका छन् । बेलुकीपख केहि भागमा बादल लाग्ने तथा छिटपुट वर्षा हुने भएकाले पहाडी क्षेत्रमा गर्मि धेरै बढ्न नपाए पनि तराईमा भने तापक्रम घट्ने कुनै सम्भावना नरहेको बताईएको छ ।

अहिले तराईका धेरै भेगमा तापक्रम बढ्दो छ जसले गर्दा तराईमा तातो हावा चल्ने क्रम जारी रहने जनाइएको छ । त्यस्तै पहाडी भेगमा हुने बदली र छिटपुट वर्षा पनि तापक्रम घटाउन पर्याप्त नहुने भएकाले समग्रमामा मुलुकभर गर्मि घट्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाकाअनुसार देशका तराईका भू-भागमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिएको छ । जसका कारण सो भू-भागमा तातो हावा 'लु' चलिरहेको अवस्था छ । तर, पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको बताईएको छ । 

महाशाखाले दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने बताएको छ । गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको बताएको छ । आज राति देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाईएको छ । 

अत्यधिक गर्मी तथा मेघगर्जन र चट्याङबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सर्वसाधारण सबैलाई अनुरोध गरेको छ ।