Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

शरणार्थी प्रकरणका अभियुक्त पक्षको बहस आजदेखि सुरु

२३ मंगलबार , जेठ २०८०एक बर्ष अगाडि

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट आजदेखि बहस सुरु हुने भएको छ । हिजो मंगलबारबाट सरकारी वकिलको बहस सकिएपछि आजदेखि अभियुक्त पक्षबाट बहस सुरु हुन लागेको हो ।

उक्त प्रकरणमा मंगलबार सरकारी वकिलको बहस सकिएको छ । अभियुक्त पक्षबाट आजदेखि हुने बहसका लागि पूर्व महान्यायाधिवक्ता देखी नेपाल बार एसोसिएसनका बहालवाला अध्यक्ष र पूर्व अध्यक्षहरूले बहस गर्नका लागि नाम टिपाएको बताईएकोछ ।

बहसको लागि निर्धारित समयअनुसार सरकारी वकिलले तीन दिनको बहस सकाएपछि बुधवारबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्ने तयारी रहेको छ । अभियुक्त पक्षबाट ६ दिन वकिलले बहस गर्नेछन ।

सरकारी वकिलले बहसका क्रममा अभियुक्तहरू शक्तिशाली पहुँच भएका व्यक्तिहरू भएकाले उनीहरू बाहिर आए मुद्दा प्रभावित पार्न सक्ने बताउदै पुर्पक्षका लागि थुनामै राख्नुपर्ने बताउदै आएका छन् । उक्त नक्कली भुटानी शरणार्थी प्रकरणमा शक्तिशाली पहुँच भएका राजनीतिक व्यक्ति, कर्मचारी लगायत ३० जनाको नाम सार्वजनिक भएको छ । जसमा हालसम्म १८ जना पक्राउ परेर हिरासतमा छन् भने १२ जना अझै फरार रहेका छन् ।

जिल्ला अदालत काठमाडौँमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश दिनेछ ।