Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

लेभीले लेखेको नेपाल हिन्दु अधिराज्यको इतिहास

२२ सोमबार , जेठ २०८०एक बर्ष अगाडि

११२ बर्ष अघि सिल्भाँ लेभीले नेपालमा “हिन्दू अधिराज्यको इतिहास लेखे !
’सिल्भाँ लेभी, जो हिन्दू अधिराज्यको इतिहाँस अध्ययन गर्न बि.स.१९४५ मा नेपाल आएका थिए ! उनले आफ्नो जीवनमा प्रथम पटक सन् १८९८ , दोश्रो पटक सन् १९२२ र तेश्रो पटक सन् १९२८ गरी ३ पटक नेपाल आएका थिए ! उनले नेपाल सम्बन्धमा लेखेको पुस्तक “हिन्दू अधिराज्यको इतिहाँस “ हो, जो ३ खण्डमा सन १९०५ मा प्रकाशित भएको थियो ! १११ बर्ष अघिको उनको अध्ययनले नेपालको एक शताव्दी अघिको साँस्कृतिक ,राजनैतिक र सामाजिक अवस्थाको बिद्वातापूर्ण विश्लेषण गरेको छ भन्दा बढि हुनेछैन !
सिल्भाँ लेभी २८ मार्च सन १८६३मा जन्मिएका थिए ! उनको मृत्यु ३० अक्टोबर सन् १९३५मा ७२ बर्षको उमेरमा भएको थियो ! उनि संस्कृत भाषाका प्रकाण्ड विद्वान , इतिहांसका अन्वेषक , हिन्दु र बौद्ध संस्कृतिका अद्भूत पारखी थिए ! उनको विलक्षण प्रतिभाको कारणले उनि २४ बर्षको उमेरमै कलेज द फ्रान्सको प्रोफेसर हुन् पुगेका थिए ! सिल्भाँ हिन्दू अधिराज्यको अध्ययन गर्न नेपाल आएका भएपनि नेपाल छिरेपछि उनको ध्यान बुद्ध धर्मको महायान सम्प्रदाय पट्टि मोडियो ! उनले त्यतिखेरको नेपालमा नेवारी र संस्कृत भाषामा लेखिएको महायान सम्प्रदायको हस्तलिखित पाण्डुलिपि र ग्रन्थहरू देखेपछि उनि महायान ग्रन्थहरूको इतिहाँस, ब्याख्या र मानव इतिहाँसमा बौद्ध धर्मको महायान सम्प्रदायको दार्शनिक पक्षको अध्ययन र विश्लेषण गर्नपट्टि लागे !
त्यसअघि व्रिटिश रेजिडेण्ट वि .एच .हजसनले मात्र बौद्ध धर्मको महायान ग्रन्थको संस्कृतमा लेखिएको प्रति हेर्न पाएका थिए ! सिल्भाँनले त्यो कृतिको राम्रो अध्ययन गरी आफ्नो बिचार पोखे र खुलेर भने बौद्ध धर्मको महायान सम्प्रदाय यस भूखण्डमा नेपालमा मात्र जीवित छ ! त्यसकारण नेपालको बौद्ध धर्मको महत्वको तुलना अरू मुलुक संग गर्न सकिन्न किनभने नेपालले बुद्ध धर्मको महायान शाखाको इतिहाँस आजसम्म हुबहु सुरक्षित राख्न सकेको छ ! नेपालको बिषयमा इतिहाँस लेख्ने बिदेशीहरूमा बि.एच . हजसन , फ्रान्सिस वुकानन ह्यामिल्टन ओल्ड्पिÞmल्ड ,राइट कर्कप्याट्रिक र सिल्भा लेभी देखिन्छन ! तर सिल्भाले काठमान्डू उपत्यका र यसका वरपरका क्षेत्रलाई केन्द्र बिन्दु बनाइ अनुसन्धान गरेको हुनाले तत्कालिन काठमान्डू उपत्यकाको सामाजिक जीवन र नेपाली समाजको अन्तर्वस्तु , आर्थिक र सामाजिक विकाशका कुराहरू समेटेका छन् ! उनको विचारमा नेपाल साधारण छ , अन्य मुलुकहरूको जस्तो सुसंस्कृत सभ्यता नेपालीहरूले पाएनन तर नेपालमा सुरक्षित प्राचिन इतिहाँस र संरक्षित प्राचिन संस्कृत ग्रन्थहरू र शिलालेखहरू अन्यत्र पाउन मुश्किल मात्र होइन दुरूह पनि छ ! नेपालमा ईश्वी सम्बतको चौथो पाँचौं शताब्दीको शिलालेखहरू सुरक्षित छ ! नेपालको हावा पानीले तिनलाई प्राकृतिक रूपमा संरक्षित गरेका छन् ! नेपालमा “ राजतरंगीणी “ जस्ता प्राचिन महत्वपूर्ण ग्रन्थहरू सुरक्षित रहेका छन् !’  – प्रवीण अधिकारी ’
कैलास–मानसरोवरदेखि गगासम्मको हिमवतखण्डको यो भूभाग एक सम्वृद्ध सभ्यताको मूल हो । अनादिकाल देखिनै श्रृषिमुनीहरूको अथक चिन्तन र प्रयत्नबाट वेद, उपनिषद, पुराण, रामायण, अनेकौं धर्मशास्त्र, राज्यका विधिविधान र सिद्धान्तहरू कैलास–मानसरोवरदेखि गंगासम्मकै भूभागमा सिर्जिएका हुन् । यस क्षेत्रबाट सभ्यताको विकास र विस्तार गर्नमा ऋषिमुनीहरूको महान देन छ । सप्त ऋषिहरू ब्राम्हण र क्षेत्रीहरू भएता पनि किरातीहरूका ऋषि ‘आकुुनी’को नाम पनि वेदमा पाइन्छ । तिनै ऋषिहरूको नामबाट विभिन्न जातिहरूको गोत्र चलेको छ । किरातीहरूको गोत्र काश्यप,कासी, भारद्वाज आदि हो । जुन ऋषिका सन्तान थिएन उनको गोत्र पनि चलेन । हिमवतखण्ड नेपालमा कुनै पनि ऋषिमुनीहरू– कस्यप, भारद्वाज, विश्वामित्र, कौसिक), वशिष्ट, अत्री, गौतम, जमदग्नी, सप्तऋषिहरू, ‘नेमुनीे’, परशुराम, उपमन्य, मौतगल्य, शाण्डिल्य, मरिची, अंंगिरा, गार्गी, यज्ञवल्क्य, मैत्रेयी, ब्यास पुलह, भृगु, माण्डव जस्ता यस्ता सैयौं ऋषिहरूको तपोभूमि, कर्मभूमि हो– यो हिमवतखण्ड नेपाल । वेद् उपनिषद्, पुराणहरू यही क्षेत्रकै उपज हुन् । बाल्मिकि ऋषिले चितौनको बाल्मिकि आश्रममा बसेर रामायण लेखेका थिए ।
जनक राजाले मिथिला क्षेत्रमा हजारौंबर्ष अगाडि सच्यताको विकास गरे । मैत्रेयी र यज्ञवल्क्य जस्ता महान ऋषिहरूले वेदका ऋचा लेखेका थिए । तेइससय बर्ष अगाडि अशोकले यसक्षेत्रका सभ्य र सुसंकृत क्षेत्रीबंशका देवपालसँग आफ्नी छोरीे चारूमतीलाई बिवाह गराएका थिए । वशिष्ट ऋषि रामका गुरू थिए । उनको वासस्थान देवघाट– वशिष्ट गुमामा थियो । अहिले पनि हामीहरू वशिष्ट गुमा देख्न सक्छौं । वशिष्ट ऋषिले वशिष्ट उपनिषद्मा हिमवतखण्डको विषयलाई लिएर– “भारतबर्षे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि” भन्ने हृदयंगम गर्दा यो क्षेत्र कति महान छ भन्ने बुझिन्छ । कालीदासले कुमार संभवको पहिलो श्लोकमा “हिमालय पर्वतकोपूर्वदेखि पश्चिमसम्मनैं यो आर्यभूमि हो” भनेर पुष्टि गरे ।
हिमवतखण्डका ५४ भन्दा बढी स–साना राजाहरू भएको राज्य एकीकृत भएर बनेको विशाल नेपाल ‘हिन्दु अधिराज्य’ हो । २०६३ सालदेखि विदेशीहरूको इशारामा हिन्दु अधिराज्य समाप्त गर्न नेपालका पार्टीका केही गद्दार नेताहरू प्रयोग भएकाले नेपालमा हिन्दु तथा बौद्धहरूलाई ठूलो संकट आइपरेको छ । नेपाल हामी मध्ये कोही गणतन्त्रवादी वा धर्मनिरपेक्षको समर्थक हौंला, त्यो भिन्नै कुरा हो । तर नेपालको मामिलामा यो आत्मघाती बन्छ । अहिले नेपालमा उठाइएको धर्मनिरपेक्ष, गणतन्त्र र संघीयताको मुद्धा हाम्रो होइन । कांग्रेस, एमाले र माओवादीको पनि होइन । भारतीय र अमेरिकी गुप्तचर संस्थाको एजेण्डा हो । उनीहरू साधन–स्रोत जुटाएर यहींका नेताहरूलाई अघि सारेर नेपाललाई क्रिस्चियनकरण गर्न चहान्छन् । तर अव देशभित्र विदेशी इशारामा कांग्रेस, एमाले, माओवादीका केही देशद्रोही नेताहरूको केही चल्ने छैन । अव नेपालको स्थायित्व, एकता र प्रतिष्ठाको लागि नेपालको सार्वभौमसत्ताको मेरूदण्डको रूपमा स्थापित राजसंस्था र हिन्दु अधिराज्य स्थापित हुनुपर्छ ।    –दीर्घराज प्रसाई