Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

करोडको गाईको प्रतिमा

२२ सोमबार , जेठ २०८०एक बर्ष अगाडि

सुनसरी । बुढी खोला किनार मोरङको सुन्दर हरैंचाको नयाँ  वृन्दावन गौशालामा करोडको लागतमा गाईको प्रतिमा स्थापित गरिएको छ । यो प्रतिमा– फाइबरको कच्चा सामाग्री प्रयोग गरेर बनाइएको गाईको ३५ फिट अग्लो प्रतिमालाई एक तलाको भवनमाथि स्थापित गरिएको छ । गाईको यो प्रतिमालाई विश्वकै गाईको अग्लो प्रतिमा भनेर प्रचार भइरहेको छ । व्यवस्थापक भन्छन्– गाईको विशाल प्रतिमाले यस क्षेत्रमा धार्मिक तथा साँस्कृतिक पर्यटन विकासमा योगदान पु¥याउने छ ।
सुन्दरहरैंचा नगरपालिकाको विशेष सहयोग रहेको गाईको प्रतिमा निर्माण गरिएको हो । गाईको प्रतिमा र त्यसभन्दा तलको १२ कोठे एकतले भवन निर्माणको लागि नगरले झण्डै एक करोड रूपैया बजेट विनियोजन गरेको नयाँ वृन्दावन गौशालाको व्यवस्थापन गरिरहेको राधेश्याम सेवा ट्रस्टका संरक्षक दीनबन्धु शास्त्रीले जानकारी दिएका छन् ।
‘नयाँ वृन्दावन गौशाला बनिसकेपछि यस क्षेत्रमा आर्थिक, सामाजिक र भौतिक पूर्वाधारको विकास भएको थियो भने यो गाईका कारण सुन्दरहरैंचा र इटहरी क्षेत्रकै पर्यटकीय र धार्मिक क्षेत्रको विकास हुने विश्वास जनप्रतिनिधिहरूले गरेका छन् । आकर्षण कति बढ्छ, समयले बताउला ।
बुढी खोला किनारमा सुनसरीको इटहरी उपमहानगरपालिकासँगै टाँसिएको उक्त नयाँ वृन्दावन गौशालामा यसअघि नै प्रदेशकै सबैभन्दा ठूलो राधाकृष्ण मन्दिर निर्माण सम्पन्न भइसकेको छ । यो क्षेत्रलाई पर्यटनका दृष्टिले विकास गर्ने योजना जनप्रतिनिधिले बनाएका छन् । यो क्षेत्र विभिन्न गोत्रहरूका ऋषिको नेपालकै पहिलो खुला संग्रहालय रहेको क्षेत्र पनि हो । यो क्षेत्रमा विभिन्न देवीदेवताका मन्दिरहरू, गौशाला, वाटर फाउन्टेन, गुरूकुल निर्माण भएर आन्तरिक र केही बाह्य पर्यटकहरू पनि आउन थालिसकेका छन् । पर्यटकको आकर्षक केन्द्र बनाउन सकियो भने यो क्षेत्रको जनजिविकामा समेत मद्दत पुग्ने विश्वास रहेको छ ।  – रोशन कार्की