Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

म्याद थप नगरे काम ठप्प पर्ने चेतावनी

२१ आइतबार , जेठ २०८०एक बर्ष अगाडि

विभिन्न आयोजनाहरुको आगामी असार ४ गते भित्र म्याद थप नगरे निर्माण व्यवसायीहरुले निर्माणसम्बन्धि सबै काम ठप्प पार्ने चेतावनी दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आईतवार काठमाडौँमा गरेको पत्रकारसम्मेलन मार्फत उक्त चेतावनी दिएका हुन् । 

निर्माण व्यवसायीहरुले आगामी असार ४ गते भित्र सबै आयोजनाहरुको म्याद थप गर्नुपर्ने माग राखेका छन् । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पटक–पटक छलफल हुँदा गरिएको सहमति अनुसार सबै आयोजनाहरुको म्याद थप गर्नुपर्ने बताए ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विगत लामो समयदेखि आफूहरुले राख्दै आएको माग पूरा हुनेगरी आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट नआएको भन्दै आपत्ति जनाए । उनले आफूहरुको माग सम्बोधन नभएमा निर्माण कार्य नै ठप्प पारी आन्दोलनमा जान बाध्य हुने बताए । 

अध्यक्ष सिंहले निर्माण उद्योग अर्थतन्त्रलाई चलायमान पार्ने उद्योगहरुको पनि उद्योग भएको भन्दै त्यसको माग सम्बोधन गरेर अघि बढन सरकारलाई सुझाव दिएका  छन् । उनले पत्रकार सम्मेलनमा निर्माण व्यवसायीहरुको माग सम्बोधन अब पनि नभए सबै इजाजत राज्यलाई बुझाएर आन्दोलनमा होमिन बाध्य हुने समेत स्पष्ट परे ।