Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

यात्रुवाहक सवारीसाधन नयाँ बसपार्कबाट मात्रै छुट्ने

१९ शुक्रबार , जेठ २०८०एक बर्ष अगाडि

काठमाडौं उपत्यकाबाट उपत्यकाबाहिर छुट्ने यात्रुवाहक सवारी साधन नयाँ बसपार्क गंगबुबाट मात्र सञ्चालन हुने भएको छ । काठमाडौं महानगरपालिकाले उपत्यकाका तीन जिल्लाबाहेक अन्य जिल्लामा चल्ने यात्रुवाहक सवारीसाधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो । 

महानगरपालिकाले जथाभावी बस रोक्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक यातायात नयाँ बसपार्कबाटै छुट्नुपर्ने पूराना नियमलाई कडाइका साथ लागू गर्न लागेको बतईएको छ । 

अनधिकृत स्थानमा पार्किङ्ग गर्ने, सडक छेउ टिकट बुकिङ्ग काउन्टर राख्ने र सडकखण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको महानगरपालिकाले आज एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । 

त्यसैगरी महानगरपालिकाले बसपार्कबाहिर रहेका सबै टिकट काउण्टर हटाउने निर्णय पनि गरेको छ भने २०८० असार १ गतेदेखि बसपार्कबाहिर रहेका टिकट काउण्टर सञ्चालन गर्न नपाइने सूचना मार्फत जानकारी गराएको छ । 

महानगरपालिकाको उक्त सूचनाअनुसार अब धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजतपत्र लिएका लामो दूरीका सवारी साधनहरुलाई कंलकीदेखि जडीबुटीसम्म रोक्न निषेध गरिएको छ । महानगरपालिकाले सूचनाको अवज्ञा गर्ने सवारीसाधनलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

नयाँ बसपार्कमा हाल ७५० वटा सवारी साधन व्यवस्थापन गर्ने क्षमता रहेको छ । अहिले काठमाडौंमा दैनिक झन्डै ७ सयको संख्यामा सवारी भित्रिने र बाहिरिने गरेका छन् ।