Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

बीपी स्वास्थ्य प्रतिष्ठानका तीन पूर्व पदाधिकारी भ्रष्टाचारमा दोषी ठहर

१८ बिहिबार , जेठ २०८०एक बर्ष अगाडि

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका तीन उच्चपदस्थ पूर्व पदाधिकारी भ्रस्टाचारमा दोषी ठहर भएका छन् । स्वास्थ्य उपकरण खरिदमा भएको अनियमिततामा उनीहरु दोषी ठहर भएका हुन् ।

प्रतिष्ठानका पूर्वउपकुलपति बलभद्रप्रसाद दास, पूर्वरजिष्ट्रार नन्दकुमार थापा र पूर्वनिर्देशक अरविन्दकुमार सिन्हालाई विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर गर्दै जनही एक वर्ष कैद र २५ हजार रुपैयाँका दरले जरिवाना तिराउने निर्णय भएको बताईएको छ ।

२०७६ असार ३० गते अख्तियारले तत्कालीन उपकुलपति बीपी दास सहित ८ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको थियो । उक्त मुद्धाको विहीबार विशेष अदालतका सदस्यहरु बलभन्द्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको ठहर गरेको हो । 

उनीहरु तीन जना बाहेक रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी म्यानेजर अमिल श्रीवास्तव, उपकरण सप्लायरहरु चेतन अग्रवाल र उमेश अग्रवालले भने आरोपबाट सफाइ पाई सकेका छन् । उनीहरुलाई अख्तियारले कम रकम कबोल गर्ने बोलपत्रको आधार र तथ्य विश्लेषण नगरी बढी कबोल्ने पक्षलाई ठेक्का दिएर राज्यकोषमा नोक्सानी पु¥याएको आरोप  लगाएको थियो ।

अख्तियारले बीपी दासमाथि चार करोड ८ लाख, अस्पताल निर्देशक सिन्हामाथि ३ करोड ७५ लाख, तत्कालिन रजिष्ट्रार थापामाथि एक करोड ९६ लाख, रजिष्ट्रार श्रेष्ठमाथि ५६ लाख रुपैंया विगो मागदावी गरेको थियो भने लेखा प्रमुख दाहालमाथि २ करोड ३४ लाख र डेपुटी म्यानेजर श्रीवास्तवमाथि १ करोड ७४ लाख रुपैंया विगो मागदावी गरेको थियो । 

अख्तियारले सप्लायर्सहरुमध्ये चेतन अग्रवालमाथि एक करोड ४ लाख र उमेश अग्रवालमाथि ६० लाख रुपैयाँ विगो मागदावी गरेको थियो ।