मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा दुई छोरालाई बिष खुवाएर आमाले पनि आत्महत्याको प्रयास गरेकी छन् । ३६ वर्षीय सोनी पाख्रिनले ७ वर्षीय र डेढ वर्षीय दुई छोरालाई बिष पिलाएर आफुले पनि बिष पिएर आत्महत्याको प्रयास गरेकी हुन् ।
विषका कारण डेढ वर्षीय बालकको ज्यान गएको छ भने ७ वर्षे अर्को छोरा र आमा अचेत अवस्थामा रहेका छन् । उनिहरुले झार मार्ने विषादी सेवन गरेको खुलेको छ ।
विष सेवन पछि अचेत अवस्थामा उनिहरुलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि चितवनको भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विष सेवनपछि डेढ वर्षे बालकको मृत्यु भएको छ भने ७ वर्षीय छोरा र आमाको अवस्था गम्भिर रहेको र हाल आईसीयुमा उपचार भइरहेको बताइएको छ ।