Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

गर्मी बढेपछि सुनसरीको तीन स्थानीयतहको विद्यालय बन्द

१७ बुधबार , जेठ २०८०एक बर्ष अगाडि

गर्मी बढेसँगै सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ । दुई दिनदेखि जिल्लामा अध्याधिक गर्मी बढेपछि इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र इटहरी उपमहानगरपालिकाको स्थानीयतहका विद्यालयले बिदा दिएको हो ।

सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा बिदा दिइएको बताइएको छ । सदरमुकाम स्थित इनरुवा नगरपालिकाले यहि जेठ १८ गते बिहीबारदेखि २४ गते बुधबारसम्मका लागि बिदा दिएको पालिकाले जनाएको छ ।

त्यस्तै अर्को स्थानीय तह भोक्राहा नरसिंह गाउँपालिकाले पनि गर्मिका कारण विद्यालय बन्द गरेको बताएको छ । उक्त गाउँपालिकाले समेत जेठ १८ गते देखि २३ गते मङगलबारसम्मका लागि विद्यालयमा बिदा दिएको बताइएको छ ।

त्यस्तै इटहरी उपमहानगरले पनि दुई दिनका लागि बिदा दिने निर्णय गरेको बताएको छ । प्रतिकूल मौसमका कारण अत्यधिक गर्मीले पठनपाठनमा असहज स्थिति आएको भन्दै जेठ १८ र १९ गते बिदा दिने निर्णय गरिएको बताइएको छ । हाल सञ्चालन भइरहेको परीक्षा सञ्चालनमा कुनै असर नपर्ने गरी बिहीबार र शुक्रबार विद्यालयको पठनपाठन बन्द गर्न उपमहानगरले सबै विद्यालयलाई आग्रह गरेको छ । 

झण्डै ४० डिग्री सेन्टिग्रेडभन्दा बढी तापक्रम पुगेपछि वर्षे बिदाबाट कट्टा गरिने गरि गर्मीमा बिदा दिइएको  जनाइएको छ । बिगत केही दिनदेखि पूर्वी तराईलगायत देशको विभिन्न भागमा अत्यधिक गर्मी बढ्न थालेपछि जनजीवन प्रभावित बनेको छ ।