बौद्ध-साँखु सडकखण्ड स्थानीयले अवरुद्ध गरेका छन् । उक्त सडकखण्डको नारायणटारदेखि दक्षिण ढोकासम्मको मुख्य सडक लामो समयदेखि कालोपत्रे नभएपछी स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।
सडक कालोपत्रे नभएको भन्दै काठमाडौँ बौद्धका स्थानीयले दुई दिनदेखि सडक अवरुद्ध गरेका छन् । तोकिएको समयभित्र सडक निर्माण सम्पन्न नगरिएपछि सडक बन्द गर्न बाध्य भएको स्थानीयहरूको भनाई छ ।
उनीहरूले बिहानदेखि नारायणटार पुलदेखि दक्षिण ढोकासम्मको दुवैतर्फका सवारी आवागमन रोकेर सडक अवरुद्ध गरेका छन् । जेठ १० गतेभित्र निर्माण गरिसक्ने सहमति गरेपनि अहिलेसम्म सहमति पालना नगरेको र निर्माण सम्पन्न नभएको जनाउँदै स्थानीयले सडक अवरुद्ध पारेको बताईएको छ ।
यसअघि पनि सडक निर्माण तोकिएको समयमा पूरा नगरेको भन्दै जोरपाटीदेखि साँखुसम्मको सडक स्थानीयले पटकपटक अवरुद्ध गरेका थिए ।