Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

भ्यूज भूस्वर्ग अर्थात खप्तड क्षेत्र

१५ सोमबार , जेठ २०८०एक बर्ष अगाडि

खप्तड क्षेत्र– सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल मात्र होइन, नेपालको भू–स्वर्गका नामले समेत चिनिन्छ । यही क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ । खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनमा खप्तड क्षेत्रमा यही जेठ २३, २४ र २५ गते सम्मेलन हुँदैछ ।
प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा यो सम्मेलन हुनलागेको हो । यो सम्मेलनमा भारतीय योगगुरू बाबा रामदेव र बालकृष्ण आचार्य पनि आउनुहुनेछ । यो सम्मेलन सफल पार्न चार सय एक सदस्यीय सम्मेलन मूल तयारी समिति र १२ उपसमिति गठन गरिएको छ ।
खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंह सम्मेलनलाई सफल पार्न र यो क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गराउन लागिपरेका छन् । तर पर्यटन विकास बोर्डले सहभागिता जनाए पनि खासै चासो नदिंदा खल्लो अनुभूति गर्नेहरूको पनि कमी छैन । यो सम्मेलन प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम छ । पूर्वप्रधानमन्त्रीहरू, मन्त्री, सङ्घीय संसद्का सांसद, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तिलगायत सहभागी हुने खप्तड क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले जानकारी दिनुभएको छ ।
खप्तड क्षेत्र सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, डोटी र अछामको केन्द्र हो । खप्तड क्षेत्र मनमोहक प्रकृति, पर्यटन, अध्यात्मिक, लगायत दृष्टिले महत्वपूर्ण रहेको छ तर यति महत्वको क्षेत्रमा हुन लागेको सम्मेलनमा सरकारले नेपालस्थित कूटनीतिक बृत्तलाई मात्र होइन, विदेशी सञ्चारमाध्यम र पर्यटन व्यवसायीलाई समेत सहभागी गराउन सके पर्यटनमा बल पुग्नेथियो । स्मरणीय छ, खप्तड राष्ट्रिय निकुञ्जसमेत रहेको यो क्षेत्र पर्यटनका लागि आकर्षक क्षेत्र हो । खप्तड क्षेत्र नेपालकै देवभूमि र तपोभूमिका रूपमा सदियौँदेखि परिचित छ ।
नेपालको सुदूरपश्चिमको विकासको पहिलो पूर्वाधार मानिने खप्तडमा आहिलेसम्म सडक मार्गले जोडिएको छैन । खप्तड पुग्न डोटीको झिग्रानासबाट पैदल जानुपर्छ । झिग्रानासम्म सडक छ, त्यहाँबाट झण्डै एक दिनको पैदलयात्रा गर्नुपर्छ ।
यसकारण योजनाविदहरू पनि यो क्षेत्र पुग्दा विकासको सोच बदलिनसक्छ ।