ललितपुरमा जुत्ता चप्पल मेला हुने भएको छ । आईतवार एक पत्रकार सम्मेलन मार्फत जुत्ता चप्पल मेला हुने जानकारी दिएको हो ।
ललितपुरको जावालाखेलमा उक्त मेला हुने जानकारी दिएको हो । यहि ज्येष्ठ १७ गतेदेखि आगमी असार १७ गतेसम्म प्रथम ललितपुर जुत्ता चप्पल मेला–२०८० हुने बताइएको हो ।
मेला एक महिनासम्म सञ्चालन हुने बताइएको छ । मेलामा स्वदेशी वस्तुको प्रयोग गर्ने भावनाको विकास गराउने उदेश्यले रहेको आयोजकले बताएको छ ।
मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै अर्थतन्त्र चलायमान बनाउँदै व्यवसायीहरुलाई राहत दिने उद्देश्यले मेला आयोजना हुन लागेको हो ।