Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

जमिन बचाउन सिममा काँडेतार लगाउनु पर्छ : अध्यक्ष खड्का

१४ आइतबार , जेठ २०८०एक बर्ष अगाडि

नेपालको भु-भाग बचाउनका लागि खुल्ला सिमानाकामा काँडेतार लगाउनु पर्ने चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बताएका छन् । उनले आईतबार काठमाण्डौंमा आयोजित एक कार्यक्रम मार्फत उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै चलचित्र निर्माता संघका अध्यक्ष खड्काले नेपाल र भारतबीच रोजीरोटीको सम्बन्ध हुँदैमा देश नै दाइजोमा दिन नहुने बताउँदै खुल्ला सिमानामा काँडेतार लगाएर देशको भु-भागलाई सुरक्षित गर्नुपर्नेमा जोड दिएका थिए ।

उनले छिमेकी सँग रोजीरोटीको सम्बन्ध हुँदैमा देश नै दाइजोमा दिनु पर्छ भन्ने नभएको भन्दै राजनीतिक दलका नेताहरुलाई त्यस्तो अधिकार नरहेको बताएका थिए । उनले खुला सीमानाका कारण नेपाल र नेपाली जनताले विभिन्न समस्याहरु झेलिरहेको उल्लेख गर्दै अब जंगे पिल्लरलाई आधारस्तम्भ मानेर भएको जमिन बचाउन सीमानामा काँडेतार लगाउनुपर्ने बताए ।

अध्यक्ष खड्काले नेपाली चलचित्र काँडेतारको सन्देश पनि खुला सीमानामा काँडेतार लगाउनुपर्ने रहेको बताउँदै नेपालको आफ्नो भु-भाग सुरक्षित गर्नका लागि पनि काँडेतार लगाउनुको विकल्प नरहेको बताए ।