Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

युवाको अभावमा बिबाह नगरी जिन्दगी विताउँदै युवतिहरु

१२ शुक्रबार , जेठ २०८०एक बर्ष अगाडि

हाम्रो समाजमा बिवाह विना जिन्दगी बिताउने मानिस पाउन गाह्रो छ । कहि कतै सिमित व्यक्तीहरु जो विविध कारणले बिबाह नगरि बसेका भेटिन्छन् । तर, पछिल्लो अवस्थामा बिबाह नगरी जिन्दगी विताउने मानिस हाम्रै नेपालमा भेटिन थालेका छन् ।

सुन्दा अचम्म लाग्न सक्छ । तर यो वास्तविक हो । यो खबर हो गोरखाका विकट गाउँहरुको । गोरखा बिही ६ न्याककी कान्छी गुरुङ २९ वर्ष पुगिन् । उनको अहिलेसम्म बिहे भएको छैन् । न घरमा बिहे गर्ने कुरा गर्छन् न कसैले उनलाई बिहे गरौं भन्ने प्रस्ताव राख्छन । उनको गाउँमा बिहे गर्ने केटाहरु छैनन् । गाउँमा केटा नहुँदा उनिमात्र होइनन् गाउँमा थुप्रै केटीहरुको बिहे भएको छैन कतिको बिहे नभएरै कपाल फुलिसकेको छ ।

उत्तरी गोरखाको बिही ६ न्याकमा रहेको करिब ४५ धुरीको एकै गाउँमा घरेपिच्छेजस्तो बिहे गर्ने उमेरका तर बिहे नभएका युवती हरु धेरै छन् । बिहे गर्ने उमेरका युवती धेरै हुने युवक पढाइ रोजगारीको सिलसिलामा गाउँ छाडेर शहर जाने भएपछि गाउँका युवतीको बिहे नभएको स्थानीय बताउँछन् ।

आफुले नपढेको घरमा घाँसदाउरा गरेर बसेको केही नजान्ने भएपछि कसैले बिहे गर्ने प्रस्तावसम्म नगरेको स्थानीय देवानी गुरुङले बताउँछिन् । अहिले उमेरले ३५ वर्ष लागिन तर बिहे भएको छैन । छिमेकमा एकै घरमा दुईतीन जनाको बिहे नभएको धेरै छन् म त बूढी भएँ भर्खरका बिहे गर्ने उमेरका केटी धेरै बाँकी छन् उनि बताउँछिन् । अहिले उनि मनास्लु पदमार्गको बाटोछेउमा होटल गरेर बसेकी छन्  ।

उमेर बढ्दै गएपछि उनलाई बिहे गरौं जस्तो पनि लाग्न छाडेको बताउँछिन् । उनि भन्छिन, लगन जुरेन कर्ममा नलेखेर होला बिहे गर्न कसलाई पो मन हुँदैन र ?’ तरपनि गाउँमा युवा बिहे नभएको उनि सुनाउँछिन । आफुसँगैको र बिहे हुन बाँकी साना पनि थुप्रै रहेको उनको भनाई छ ।

उनी ६ वर्षअघि आमाको मृत्यु भएपछि घरबाट निस्किएको बताउँछिन् । खेतीपाती र घरधन्दाबाहेक केही नजानेकी उनी अहिले पेवामा होटल व्यवसाय गरेर बसेकी छन् । त्यस गाउँका स्थानीयले अहिले पनि छोरा लाई शहर र छोरीलाई गाउँमै राख्ने गर्छन् । गाउँमा कतिपयले छोरीलाई पढाउँदैनन् । पढाई र रोजगारीको सिलसिलामा शहर झरेका युवाले गाउँका केटी बिहे नगर्दा थुप्रै युवतीको बिहे नभएको स्थानीयको भनाई छ ।

नेपालमा बिहे गर्ने नेपाली परम्परा अनुसार मागी बिबाह, राजी खुसीमा गरिने भागी बिबाह र अदालतमा गरिने अदालति बिबाह गरि तिन प्रकारको बिबाह हुने गरेको छ । बिहेका लागि केटाकेटीको मन मिल्नु पर्छ । परम्परागत बिहेमा घरपरिवारको पनि स्विकृति अनिवार्य हुन्छ त्यसका लागि पनि परिवारलाई मनाउन आवस्क छ । 

यसरी विस्तारै गाउँका युवाहरु शहर र विदेश पलायन हुँदै जाने हो भने गोरखा मात्र हैन देशमै युवाहरुको कमि नहोला भन्न सकिन्न । यो त एउटा उदाहरण मात्र हो । बढ्दो विदेश मोहको कारण अहिले गाउँ घरमा बुढाबुढि र अशक्त बाहेक भेटिन मुस्किल छ । देशमा भनेजस्तो रोजगारी नहुँदा युवाहरु विदेश पलायन हुनेक्रम बढ्दो छ । जस्लाई सम्वन्धित निकायले ध्यान नदिने हो भने गोरखामा मात्र हैन पुरै देशमा युवाहरुको कमि नहोला भन्न सकिन्न ।