जापनमा सभामुखका छोराले चार जनाको हत्या गरेका छन् । सभामुखका छोराले गोली र छुरा प्रहार गरि चार जनाको हत्या गरेका हुन् ।
जापानको नाकानो शहरमा भएको उक्त दुखद घटनामा चार जनाको ज्यान गएको बताइएको छ । आक्रमणकारीले पहिले महिलालाई छुरा प्रहार गरेको र त्यसपछि प्रहरीमाथि गोली चलाएको बताइएको छ ।
प्रहरीका अनुसार एक बृद्ध सहित चार जनाको हत्या भएको उक्त घटनामा आक्रमणकारी सैनिक पोशाक लगाएर अन्धाधुन्द गोली र छुरा चलाएका थिए । हिजो साँझ भएकोआक्रमण पछि सभामुखको निवासभित्र आक्रमणकारी घण्टौं लुकेको बताइएको छ ।
त्यस्तै जापनमै पूर्वप्रधानमन्त्री सिन्जो आबेको गत जुलाईमा गोली प्रहार गरी हत्या गरिएको थियो ।