दु:खी देशहरू मध्यको सूचीमा नेपाल ६३ औं स्थानमा रहेको छ । हान्केको सन् २०२२ को वार्षिक दुःख सूचकांकको सर्वेक्षण अनुसार नेपाल ६३ औं स्थानमा रहेको हो ।
सर्वेक्षणले नेपाल ३७.१८ अंक सहित दु:खी देशको सुचीमा परेको र त्यसको मुख्य कारण बेरोजगारी भएको देखाएको छ । त्यस्तै हान्केको सन् २०२२ मा सबैभन्दा खुसी देशहरूमा स्विट्जरल्याण्ड, कुवेत, आयरल्याण्ड, जापान, मलेसिया, ताइवान, नाइजर, थाइल्याण्ड, टोगो र माल्टा रहेको छ ।
सबैभन्दा दु:खी देशको सुचीमा ४१४.७ अंक सहित जिम्वाम्वे एक नम्वरमा परेको छ । दु:खी देशमा पर्नुको कारण मुद्रास्फिति रहेको बताइएको छ । सूचकांकमा १५७ वटा देशहरु समावेश गरिएको थियो ।
दु:ख सूचकाङ्क वर्षको अन्त्यको इन्डेक्सअनुसार बेरोजगारीको योगफल, मुद्रास्फीति, र बैंक-ऋण दरहरू, प्रति व्यक्ति वास्तविक जीडीपीमा वार्षिक प्रतिशत हेरिएको बताइएको छ ।