यो वर्ष २०८० साल देखि सरकारले असोज २ गते शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि २०३१ सालदेखि २०६२÷६३ को राजनीतिक परिवर्तनअघि सम्म फागुन १२ गतेलाई शिक्षा दिवसको रुपमा मनाउने गरिएको थियो । त्यस्तै सेप्टेम्बर ८ मा पर्ने अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरलाई पनि शिक्षा दिवसको रुपमा मनाइँदै आएको थियो ।
सबै बालबालिकालाई असोज २ गते अनिवार्य र निःशुल्क शिक्षासम्बन्धी ऐन पारित भएकाले असोज २ गतेलाई सरकारले शिक्षा दिवस मनाउने निर्णय गरेको बताइएको छ ।
त्यस्तै, विद्यालय क्षेत्र रुपान्तरणका लागि विश्व बकैंबाट प्राप्त हुने १२० मिलियन डलरको सहुलियतपूर्ण कर्जा स्वीकार गर्ने निर्णय गरेको छ भने मन्त्रिपरिषद्को बैठकले शिक्षा क्षेत्रमा लगानी गर्ने विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि विश्वव्यापी साझेदारीबाट प्राप्त १९ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।