Advertisement Banner
Advertisement Banner

२९ बुधबार, माघ २०८२10th February 2026, 12:33:31 am

नेपाली क्रिकेट टोली अर्का हप्ता दक्षिण अफ्रिका जाने

०९ मंगलबार , जेठ २०८०३ बर्ष अगाडि

नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी साता दक्षिण अफ्रिका जाने भएको छ । आगामी महिना जिम्बावेमा हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको अन्तिम तयारी गर्न राष्ट्रिय क्रिकेट टिम दक्षिण अफ्रिका जान लागेको हो । 

नेपाली टिमले एक साता घरेलु मैदानमै तयारी गरेर मे ३१ मा दक्षिण अफ्रिका पठाउने नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ । त्यसका लागि बुधबारदेखि नेपाली टिमको तयारी सुरु हुने बताइएको छ । दक्षिण अफ्रिका प्रस्थान गर्नुअघि नेपालले विश्वकप छनोटका लागि राष्ट्रिय टिमको घोषणा गर्नेछ । राष्ट्रिय टिमले दक्षिण अफ्रिकामा दश दिन तयारी गर्नेछ । 

नेपाली टिम प्रतियोगिता सुरु हुनुभन्दा एक साताअघि दक्षिण अफ्रिकाबाट जिम्बावे पुग्नेछ । आगामी जुन १८ देखि जिम्बावेमा सुरू हुने विश्वकप छनोटमा चार टेस्ट राष्ट्रसहित १० टिमले भाग लिँदैछन् । दुई पटकको च्याम्पियन वेस्ट इन्डिज, पूर्वविजेता श्रीलंकासहित आयरल्यान्ड र जिम्बावेले प्रतियोगितामा भाग लिँदैछन्। 

नेपालसहित ओमान र स्कटल्यान्डले लिग २ बाट विश्वकप छनोटमा स्थान पक्का गरेका थिए । यस्तै युएई र अमेरिकाले लिग २ बाट विश्वकप छनोटमा स्थान बनाउन नसक्दा क्वालिफायर प्लेअफबाट छनौट भएको थियो । 

छनोट प्रतियोगिताबाट दुई टिम आगामी अक्टोबर,नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा पुग्नेछन् भने सुपर सिक्सको शीर्ष दुईमा परे विश्वकपमा पुग्ने विश्वकप छनोटमा सहभागी हुने टिमहरू वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका र युएई रहेका छन् ।

विश्वकप छनोटमा पुगेका १० टिमलाई सुरुमा दुई समूहमा विभाजन गरिनेछ । पाँच,पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन् । सुपर सिक्समा ६ टिमले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् । जस्मा शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।