Advertisement Banner
Advertisement Banner

२१ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

दलित जोडी विवाह गर्न मन्दिर जाँदा पुजारी फरार

०९ मंगलबार , जेठ २०८०३ बर्ष अगाडि

बाजुराको बडिमालिका नगरपालिकाको ८ नम्वर वडामा रहेको बडिमालिका मन्दिरमा दलित जोडी विवाह गर्न जाँदा मन्दिरका पुजारी फरार भएका छन् । मन्दिरमा दलितले बिहे गर्ने थाहा पाएपछि मन्दिरको ढोका बन्द गरि मुख्य पुजारी देवराज पाध्याय फरार भएका हुन् । 

पुजारीलाई दलित जोडीले मन्दिरमा बिहे गर्ने भनि एकदिन अगाडी खबर गरेको भएता पनि बिहेको दिन मन्दिरको ढोका बन्द गरि पुजारी फरार भएपछि पुजारीको पर्खाइमा तीन घण्टा मन्दिर बाहिर बसेर मन्दिर बाहिर नै टिका लगाएर सामान्य बिहे गरि घर फर्केको बताइएको छ । 

बडिमालिका नगरपालिका ९ का प्रकाश विक र कञ्चनपुर जिल्लाकी पार्वती सुनार वीच बडिमालिका मन्दिरमा बिहे गर्ने तयारी थियो । प्रकाशले कञ्चनपुरबाट पार्वतीलाई भगाएर ल्याएको र विधिवत रुपमा मन्दिरमा बिहे गर्ने तयारी गरिएको थियो । बिधिवत तरिकाले बिहे गर्ने उद्देश्यले मन्दिरमा बिहे गर्ने गरी पुजारीलाई जानकारी गराएको बताइएको छ । त्यस दिन बिहान पुजारी उपाध्याय आराधना सकेर सदरमुकामबाहिर काम छ भन्दै निस्के बताइएको छ । तर, पुजारी हालसम्म सम्पर्कविहीन अवस्थामा रहेका छन् । 

बाजुराका प्रमुख जिल्ला अधिकारीका अनुसार बडिमालिका गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष सुर्यकिरण विकले घटनाबारे फोन मार्फत सामान्य जानकारी दिएको बताउँदै यदि दलितले बिहे गर्ने थाहा पाएर पुजारीले ढोका बन्द गरि फरार भएको हो भने कानुनी कारवाही हुने बताउँछन् ।

उक्त विषय अहिले संसदमा समेत प्रवेश गरेको छ । उक्त विषयको उठान गर्दै सांसद सिता मिजारले विवाह गर्न मन्दिर पुगेको दलित समुदायको एक जोडीलाई विवाह नगराई भाग्ने पण्डितलाई कारबाही गर्नुपर्ने माग गरेकी छन् । सांसद मिजारले दलित समुदायको जोडीको विवाह नगराई पण्डित भागेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै कारबाहीको माग गरेकी हुन् ।