आज क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ । काठमाडौँ जिल्ला अदालतमा नाबालिगमाथि बलात्कारको आरोप लागेका लामिछानेको मुद्दाको सुनवाइ हुन लागेको हो ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीको इजलासले हेर्ने छ । जाहेरीकर्ताले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लो पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो । आज न्यायाधीश पराजुलीको सुनवाइ सूचीमा चार नम्बरमा सन्दीपको मुद्दा रहेको छ ।
लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर सर्वोच्च अदालतले फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसला दिन सकिरहेको छैन । यता लामिछाने चाँडो मुद्दा किनारा लगाएर नेपालको तर्फबाट विश्वकप ग्लोबल क्वालिफायरका लागि दक्षिण अफ्रिका जाने तयारीमा छन् ।