Advertisement Banner
Advertisement Banner

२३ शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

रुसले ओबामा सहित पँचसय अमेरिकीलाई प्रतिबन्ध लगायो

०६ शनिबार , जेठ २०८०२ बर्ष अगाडि

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामासहित पाँच सय जनालाई रुसले प्रतिबन्ध लगाएको छ । पूर्वराष्ट्रपति ओबामा, अमेरिकी सांसद, पत्रकार र थिंक ट्यांकका सदस्यलाई प्रतिबन्ध लगाएको हो ।

अमेरिकाले रुसका कम्पनी र व्यक्तिहरुलाई अमेरिकामा प्रतिबन्ध लगाएपछि त्यसको जवाफस्वरुप रुसले पूर्वराष्ट्रपति सहित पाँचसय जनालाई प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।

अमेरिकी एक्जीक्युटिभ ब्रान्चका सदस्यहरुलाई रुसले प्रतिबन्ध लगाएको बताइएको छ । यसैगरी रुसले अमेरिकी पत्रकार, र सीएनएनका एंकर एरिन बर्नेट लगायतलाई पनि प्रतिबन्ध लगाएको बताएको छ ।

उनिहरुले रुसविरुद्ध भ्रामक प्रचार प्रसार गरेकाले कालोसूचीमा राख्दै रुस प्रवेशमा प्रतिबन्ध लगाएको जनाइएको छ ।