Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

इलेक्ट्रिक बाइक २ लाख ५० हजारमा

०४ बिहिबार , जेठ २०८०२ बर्ष अगाडि

सुन्दर अटो इन्जिनियरिङले हालै मात्र लन्च गरेको इलेक्ट्रिक बाइकको २ लाख ५० हजार  मुल्य निर्धारण गरेको छ । बिहिबार उर्जा जलश्रोत तथा सिचाइमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यमा लन्च गरिएको बाइकको मुल्य २ लाख ५० हजार पर्ने बताइएको हो ।

सुन्दर अटो इन्जिनियरिङले आफ्नै इन्जिनियरिङ प्राविधिक द्वारा आफ्नै डिजाइनमा उत्पादन गरेको गन्तव्य ईभी १०० एस मोडल नाम दिइएको  इलेक्ट्रिक बाइक लन्च गरिएको हो । 

आफ्नै प्राविधिकको डिजाइन र च्यासिस निर्माण गरिएको गन्तव्य बाइक फुल चार्ज गर्दा १२० किमी गुड्न सक्ने बताइएको छ । हालै मात्र लन्च गरिएको बाइकको बजार मूल्य अहिले   २ लाख ५० हजार रहने  सुन्दर ग्रुपका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिएका छन् । 

यसअघि सुन्दर अटो इन्जिनियरिङले नेपाल मै पहिलो पटक उपत्यकामा विद्युतीय बस सञ्चालनमा ल्याएको थियो । गतहप्ता मात्रै नेपालमै निर्माण भएको यात्री इलेक्ट्रिक बाइकको यातयात विभागमा दर्ता सुरु भएको थियो । 

यसरी नेपालमै विभिन्न कम्पनीले इलेक्ट्रिक सवारीको उत्पादन सुरु सँगै नेपालमा पेट्रोलियम पदार्थको खपत कम हुने र अर्थतन्त्रमा सघाउ पुग्ने जानकारहरु बताउँछन् ।