Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

कामीरिता शेर्पा २७ औं पटक सगरमाथाको चुचुरोमा

०२ मंगलबार , जेठ २०८०२ बर्ष अगाडि

कामीरिता शेर्पा २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेको छन् । बुधबार बिहान कीर्तिमानी आरोही कामीरिता शेर्पा २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

कीर्तिमानी शेर्पा आज बुधबार बिहान ८:३० बजे २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेको सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरगाईँले जानकारी दिएका छन्   । शेर्पा एक जना विदेशी क्लाइन्टलाई लिएर आज बिहान सगरमाथा शिखरमा पुगेको बताइएको छ ।

यसअघि २६ पटक सगरमाथाको सफल आरोहण गरिसकेका कामीरिताले आज बिहान सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोडेका छन् । अहिलेसम्म कामीरिताले २७ पटक सगरमाथा आरोहण गरेको छन भने आप्पा शेर्पा र फुर्वाटासी शेर्पाले २१ पटक सगरमाथा आरोहण गरेका थिए । 

२७ औं पटक सगरमाथाको चुचुरोमा पुग्न सफल कामीरिता शेर्पा सोलुखुम्बुको थामे गाउँमा जन्मिएका हुन् । उनले १३ मे १९९४ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।