सरकारले घरजग्गा व्यवसाय क्षेत्रलाई उपेक्षा गरेको घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले बताएका छन् । उनले मंगलवबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।
अध्यक्ष लोहनीले १०औँ हजार व्यवसायी र खर्बौ रुपैयाँ लगानी भएको क्षेत्रलाई राज्यले उपेक्षा गरेकोमा असन्तुष्टी पोखेको छन् । घर जग्गा व्यवसायीले सरकारलाई २५ प्रतिशत कर बुझाउने गरेको भन्दै यो क्षेत्रलाई सरकारले उपेक्षा गर्न नहुने उनको भनाई थियो ।
काठमाडौंमा आयोजित ‘मुलुकको आर्थिक वृद्धिमा घरजग्गा क्षेत्रको सम्भावना’ विषयक्त कार्यशाला गोष्ठीमा सहभागी भएका अध्यक्ष लोहनीले घरजग्गा व्यवसायीलाई कसरी आर्थिक विकासमा जोड्न सकिन्छ भन्ने विशेषमा सरकारले सोच्नुपर्ने बताए ।