Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

विद्युतीय मोटरसाईकल यात्री दर्ता शुरु

०२ मंगलबार , जेठ २०८०२ बर्ष अगाडि

नेपालमा उत्पादन भएको विद्युतीय मोटरसाईकल 'यात्री' औपचारिक रुपमा दर्ता भएको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०६० को संशोधन तथा नयाँ व्यवस्था थप गरेर दर्ता सुरु गरेको हो ।

नेपालमै उत्पादन सुरु गरेको नेपालको पहिलो विद्युतीय मोटरसाइकल यात्री पहिलो पटक दर्ता भएको हो । यात्री मोटरसाइकल सवारी तथा यातायात व्यवस्था ऐनलाई संशोधन गरेसँगै दर्ता भएर यात्रीले पहिलोपटक नम्बर प्लेट पाएको छ ।

यसअघि नेपालमा उत्पादन भएपनि दर्ता गर्ने कानुन नहुँदा यातायात कार्यालयमा दर्ता हुन सकेको थिएन् । नेपालको उत्पादनलाई दर्ता गर्ने प्रावधान नहुँदा सरकारको आलोचना भएको थियो । पछिल्लो समय संसद्मा समेत नेपालको उत्पादन दर्ता गर्नुपर्ने माग उठेपछि सरकारले फास्ट ट्रयाकमा कानुन संशोधन गर्दै नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता गर्ने प्रक्रिया सुरु गरेको हो ।

पहिलो नम्बर प्लेट कम्पनीकै नाममा जारी भएकोमा अब क्रमशः विक्री भएका मोटरसाइकलहरूको समेत दर्ता हुने र नम्बर प्लेट दिन बाटो खुलेको बताइएको छ । सन् २०१७ मा कम्पनी स्थापना गरी २०२१ देखि मोटरसाइकल उत्पादन थालेको यात्रीले पहिलोपटक आधिकारिक रुपमा दर्ता गर्न पाएको हो ।