बैकुण्ठ भण्डारी - -
‘सेता सेता कपडामा काला काला मान्छे, जनताद्धारा जनताले जनतालाई भन्थे, कङ्गाल भए जनता, नाङ्गो पारे राष्ट्र, यो देशको काट्टो खानेहरूले ।’
जे पापीले करीव डेढ दशक अघितिर लेखे अनि गाए । मुलुकको परिवर्तनका लागि २००७ सालदेखि २०६३ सालसम्म पनि साहित्यकार, कलाकारहरूले आआफ्नो भूमिका निर्वाह गरेका छन् । जनताको आवाज बोल्ने त्यही कलाकार र साहित्यकार नै हुन् । पछिल्लो समय राजनीतिमा कलाकारहरू पनि होमिएपछि धेरै जेल गएर बसे भन्नेहरूलाई दिक्क लागेको पनि होला । नलागोस् पनि किन जेल गएर मन्त्री बन्न पाउने मान्छे बेच्ने पाउने भएपछि जावो दुईचार बर्ष जेल बसे भन्नलाई के भो र ? जनताका लागि काम गरे । जनताको जीवनस्तर परिवर्तन गरे त्यसकारण मन्त्री भए, सांसद भएँ भन्ने त एकजना पनि देखिएनन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की हाँस्यकलाकार हुन् वा पाकिस्तानका खेलाडी प्रधानमन्त्री इमरान खान नै किन नहुन् । यिनीहरूले जनताका विपक्षका काम गरेर राजनीतिज्ञ बनेका होइनन् । भ्रष्टाचार गरेर, अकुत सम्पत्ति राज्यले छली गरी व्यापार गरेका कारण पनि राजनीतिमा छिरेका होइनन् । आफ्नो बलबुताले सकेसम्म राष्ट्रको लागि नै आआफ्नो पेशाबाट योगदान गरे र अनि देशमा परिवर्तन ल्याउन सक्छु भन्दै राजनीतिमा हाम फाले । यसरी आउनेहरूलाई कुनै पनि देशमा सफल बनाउन ती देशका राजनीतिज्ञहरूले चाहेनन् । बरू आफू जसको इशाराबाट चलिरहेका छन् उनीहरूलाई नै प्रयोग गरेर देश खोक्रो बनाए । देशमा द्वन्द्व चर्काएका इतिहास छ ।
उताको हेर्ने हो र यताको कुरा गर्ने हो भने देशबाट भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गराउने साँच्चिै नै देशमा परिवर्तन ल्याउने हुटहुटी नेपालका ¥यापर बालेनमा थियो । त्यही अनुरूप स्थानीय तहको निर्वाचनमा काठमाडौ महानगरबाट निर्वाचित पनि भए । देश र जनताका लागि काम गर्न खोजेका बालेनलाई पनि सायद असफल बनाउने होडबाजी दलहरू भित्र भित्रै देखिन्छ । यो वा त्यो नाममा कलाकारिता गरे जस्तो राजनीति हुन्न भन्ने प्रमाणित गराउने प्रयासमा छन् ।
डोजरकाण्डदेखि फोहोर काण्डसम्मलाई हेर्ने हो भने पनि स्थानीय सरकारलाई संघीय सरकारले सहयोग गरेको छैन । अर्थात कलाकार भएर देश र जनताको आवाज बुलन्द गरेकै कारण काठमाडौंको मेयर बन्न सफल भएको बालेनलाई असफल बनाउने षडयन्त्रले काठमार्डौ महानगरपालिकालाई नै असफल बनाउने खेल चलिरहेको देखिन्छ अदृश्य रूपमा ।
त्यसैले होला अहिले संसदमा निर्वाचित भएर गएका सांसदहरूलाई लागिरहेको छ । अव जेल गएर जनताले पत्याउने वाला छैनन् । फोस्रो नाराले पनि भोट आउने वाला देखिएन् । झुट र भ्रमको खेती गरे पनि जनताले विश्वास नगर्ने भए । चुनाव आउन अझै ४ वर्ष वाँकी छ । अहिले १४ वर्ष पुगेका केटाकेटीले अर्को चुनावमा भोट हाल्छन् । त्यसैले अव जेल गए क्रान्ति गरे भनेर भन्यो भने चुनाव जितिन्न भनेर होला संसदलाई नाट्यशाला बनाईँदै छ ।
बर्षको एक पटक देखाउने पर्ने गाईजात्रे दलका नाईकेहरूले हरेक संसद वैठकमा देखाउन थालेका छन् । जनतालाई अव कसरी झ्क्याउने सकिन्छ भन्दै छन् । त्यसैले होला कलाकारिता नै निर्वाचित हुने महत्वपूर्ण कडि ठान्दैछन् । अव संसदमा नीति निर्माण गर्ने, कानून बनाउने होइन जति सक्दो नाट्य प्रर्दशन सांसदहरूले गर्नु पर्ने दिन आएको छ ।
संघीय देश । तीन तहको सरकार । संघ सरकारको सँधै दादागिरी । जे पापीले गाएको गीत जस्तै बानेश्वरको सेतो घर अहिले संसद होइन नाट्यशाला जस्तै देखिन्छ । कोही कुर्सी फाल्छन्, कोही नाङ्गै बन्न लुगा फुकाल्छन् । तिनै दृश्य युट्युवमा हेरेर जनता मरि मरी हाँसिरहेका छन् । यति भएपनि संसद नाट्यशाला भएन त ? ‘शरणार्थी जस्तो जीवन आफ्नै देश भित्र, डरलाग्छ देख्दा संगी साथी मित्र’ भन्दै पापीले पापीहरूको गीत त्यसै गाको हो र ? देश छ । नागरिकता छ त्यही देश र नागरिकता च्यात्न लगाएर विदेश शरणार्थी बनाउनेहरू के आशा गर्न सकिएला ? अव पनि ठूलो आशा गरेर बस्नु ठिक छैन भन्ने सोचेरै होला । कलाकार नेता भए असफल होलान् भन्ठानेर नेताहरू नै कलाकार भईदिन थालेका छन् ।
जेल गएको कथा, सामन्तवादको व्यथा सुनाएर देश खोक्रो बनाईयो ! जनतालाई नाङ्गै बनाएर महंगी बढाइयो । युवा पुस्तालाई शरणार्थी जीवन जिउनका लागि विदेश जर्वजस्ती पठाईयो । बुढा बा आमाहरूलाई आर्थिक सकट भन्दै सामाजिक सुरक्षा भत्ता हटाईयो अव यहाँ भन्दा के हुन सक्ला र ?
अम्रेश र कंग्रेस एउटै त हो नि ! अम्रेश पहिले कंग्रेस भएकैले अहिले संसदमा नाङ्गिए । कंग्रेस माओवादीको बुई चढेर देशैभरी नाङ्गिएको छ । जे हो अम्रेसले कंग्रेसलाई देखाईदिए । भ्रष्टाचारीलाई यसरी नै नङ्ग्याउनु पर्छ भनेको रे आफै नाङिएको होइन रे !
देवर भाउजुको जुहारी चलेको मात्र हो रे नि दोहोरी प्रतियोगिता गर्न खोज्या कलाकार भन्लान् फेरि विगतको जेलनेलको कुरा ल्फप खाला भनेर झट्का मात्र दिएको भन्छन् । अम्रेसका कंग्रेसहरू । ऊ बेला भ्रष्टाचारीलाई कीरा परोस् भन्दै डलर खेती गर्नेहरूलाई सजिलो भा छ नि । ऊ बेला अम्रिकाको पैसा आउँथ्यो भ्रष्टाचारीलाई किरा परोस् भन्या रे ! अहिले त किन भन्नु अम्रिकाकै मान्छे नाट्याशालामा आईसके पछि ! टोप बहादुरले छोरोको टुप्पी समाएर करोडौंको तोप पड्काएर बस्यारैछन् । बेला न कुबेला तोप पड्केपछि टोप कुलेलम ठोके भन्दैमा अम्रेसलाई किन नाङिनु परेको । विचरा अम्रिकाको तलव खाएर महिला हिंसा भन्दै हिड्या मान्छेले जावो शरणार्थीको उद्धार गर्न नपाउने भन्ने संविधानको कुनै धारामा लेख्या छ र ? नीति निर्माण गर्ने अखडा, ऐन कानून बनाएर सुशासन ल्याउन पर्ने जनताले निर्वाचित गराएर पठाएका जनप्रतिनिधिहरूको नाट्यकर्मले प्रतिनिधिसभा होइन नाट्यसभा भन्दा नै उचित हुने देखियो । त्यही भएर पनि बेला बेलामा जे पापीलाई स्मरण गर्नु पर्छ किन की उनले त गीत गाईदिएका पो हुन् गीत गाको जस्तै व्यहार उतारिदिने हाम्रो नेता पो हुन् त ! त्यसैले समय सान्दर्भिक बनिरहन्छ । ‘कङ्गाल भए जनता, नाङ्गो पारे राष्ट्र, यो देशको काट्टो खानेहरूले’