Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सिद्धान्त नमिल्ने पार्टी मिलेर सरकार बनाउनु अपराध हो : आचार्य

३१ आइतबार , बैशाख २०८०२ बर्ष अगाडि

सिद्धान्त नमिल्ने पार्टीहरु मिलेर बारम्बार सरकार बनाउनु संस्थागत अपराध भएको पूर्वराजदुत नीलाम्बर आचार्यले  बताएका छन् । उनले टंकप्रसाद आचार्य प्रतिष्ठानले आयोजना गरेको नक्कली शरणार्थी सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।

टंकप्रसाद आचार्य प्रतिष्ठानले आईतवार काठमाडौंमा आयोजना गरेको नक्कली शरणार्थी सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सिद्धान्त नमिल्ने पार्टीहरुबीच एक अर्कासँगको सहकार्य गरेर मिलीजुली सरकार बनाउनु अपराध भएको बताएका हुन् । 

उनले  जति पटक निर्वाचन भएर सरकार परिवर्तन भएपनि भ्रष्ट र अपराधकर्मीको संगठनको जालोले निरन्तरता पाइराखेको बताउँदै भूटानी शरणार्थी प्रकरणमा वर्तमान सरकारले सक्षमता प्रदर्शन गर्न आवश्यक रहेको औल्याए ।

नक्कली भूटानी शरणार्थी प्रकरण संगठित अपराध भएकाले नक्कली शरणार्थी मात्रै नभएर मानव तस्कर र राज्य बिरुद्धको अपराध भएको टिप्पणी गरे । साथै, उनले अपराधमा संलग्न हुनेहरु धेरै शक्तिशालीहरु हुने र उनीहरुलाई संरक्षण दिनेहरु महाशक्तिशालीहरु भएको बताए ।

अहिले देखिएको नक्कली भूटानी शरणार्थी प्रकरणले नेपालको शासन व्यवस्था कता गइरहेको छ भनेर स्पष्ट पारेको उल्लेख गर्दै शरणार्थी प्रकरणको घटना राजनीतिक प्रतिशोध नभएर पक्राउ पर्नेहरु अपराध गर्नेको रुपमा पक्राउ परेको बताएका छन् ।