Advertisement Banner
Advertisement Banner

३० बिहिबार, माघ २०८२10th February 2026, 12:33:31 am

मेलम्चीको पानी १५ दिन नआउने

३१ आइतबार , बैशाख २०८०३ बर्ष अगाडि

काठमाण्डौं उपत्यकामा १५ दिन मेलम्चीको पानी नआउने भएको छ । आयोजना स्थलको मुहानमा मर्मत गर्न लागेकाले पानी बन्द हुने भएको हो ।

आजदेखि १५ दिनसम्म मर्मत कार्य हुने भएकाले मेलम्चीको पानी वितरण बन्द गरिने भएको हो । आयोजना स्थलको मुहानमा मर्मत सम्भार पछि पुन पानी वितरण गरिने बताइएको छ।

आयोजना स्थलको गेट नम्बर ९ मा रहेको मुहान तथा हेडवक्र्समा सिलिण्डर र गेट नम्बर १ मा जालीसहितका उपकरणहरु राखेर मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ । यसरी मर्मतसम्भार गरेपछि सामान्य बाढी आएका बेलामा पनि आयोजना सञ्चालनमै राख्न सकिने बताइएको छ ।

गत १ असार  २०७८  मा मेलम्चीमा आएको बाढीले उक्त खानेपानी आयोजनास्थलमा ठूलो क्षति पुर्याएपछि पानी वितरण बन्द गरिएको थियो । आयोजना स्थलमा क्षति भएता पनि मुख्य सुरुङ सुरक्षित रहेकाले ढुंगा माटो पन्छाएर २०७८ चैत अन्तिम देखि पुनः पानी वितरण गर्दै आएकोमा फेर मर्मतसम्भारका लागि १५ दिन पानी बितरण नहुने भएको हो ।

यसअघि मेलम्चीको पानी २०७७ फागुन २२ गते पहिलोपटक सुन्दरीजलमा ल्याइएको थियो । सोही वर्षको चैत १५ देखि परीक्षण स्वरुप पानी वितरण गरिएको थियो ।