Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

मोखा चक्रवातको कारण मंगलबार सम्म मौसम बदली हुने

३० शनिबार , बैशाख २०८०२ बर्ष अगाडि

आगमी मंगलबारसम्म काठमाण्डौ उपत्यकालगायत पहाडी जिल्लाहरुमा मौसमी बदली हुने भएको छ । बंगालको खाडीमा विकसित मोखा चक्रवातको कारण मौसम बदली हुने भएको हो ।

काठमाडौं उपत्यकालगायत पहाडी जिल्लाहरुमा आजदेखि आगमी मंगलबारसम्म  बंगालको खाडीमा विकसित मोखा चक्रवात, पश्चिमी वायु र स्थानीय वायुको असरले  बदली र वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

मोखा नामको चक्रवातको आंशिक प्रभाव तथा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज, मंगलबारसम्म पहाडी भूभागमा वर्षा हुने पूर्वानुमान गरिएको छ । अहिलेसम्म चक्रवातले भने नेपालमा धेरै असर नगरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

चक्रवातको असर, स्थानीय वायु र पश्चिमी वायुको सक्रियता निरन्तर बढेकाले आज दिउँसोमा काठमाडौं उपत्यकासहित देशभरको पहाडी भागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना सम्भावना रहेको बताइएको छ ।

मोखा चक्रवातको प्रभाव पूर्वी भागमा र पश्चिमी वायु र स्थानीय वायुको प्रभाव पश्चिमी भागमा बढी देखिएको छ । जसका कारण हिजो अस्तिको तुलनामा उच्चतम तापक्रम घट्ने सम्भावना रहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको तालिकाअनुसार अधिकतम तापक्रम घट्ने र हिजो अस्तीको तुलनामा आज धेरै स्थानहरुमा पानी पर्ने सम्भावना देखाइएको छ । त्यसकारण आज काठमाण्डौं उपत्यकामा क्षणिक वर्षको संभावना रहेको बताइएको छ ।

आजभन्दा भोलि वर्षाको संभावना धेरै भएको भन्दै केहि दिनदेखि बढेको गर्मिलाई कमगर्न पनि वर्षाको आवस्यक रहेको मौसमविदहरु बताउँछन् ।