Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नौ महिनामा छ लाख भन्दा बढिले लिए श्रम स्वीकृति

३० शनिबार , बैशाख २०८०२ बर्ष अगाडि

चालु आर्थिक वर्षको नौ महिनामा छ लाख भन्दा बढिले श्रम स्वीकृति लिएका छन् । गत श्रावण महिना देखि २०७९ चैत्र मसान्तसम्म नौ महिनाको अन्तरालमा छ लाख भन्दा बढिले श्रम स्वीकृति लिएका हुन् ।

२०७९ श्रावण देखि नयाँ र नविकरण गरि ५ लाख ४८ हजार ६ सय ६४ पुरूष र ५३ हजार ४ सय ८९ महिला गरी कुल ६ लाख २ हजार १ सय ५३ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ। 

विभागकाअनुसार अहिले पनि प्रत्येक दिन दुई हजार बढीले श्रम स्वीकृति लिने गरेका छन् । गत साउन महिनामा ६३ हजार ३९, भदौमा ७६ हजार ४ सय ३, असोजमा ६२ हजार ७ सय ६, कात्तिकमा ७८ हजार ३ सय ७०, मंसिरमा ६८ हजार ५ सय ६४, पुसमा ६५ हजार ४ सय ६४, माघमा ६४ हजार २ सय ८४, फागुनमा ६१ हजार ८ सय ४५ र चैत महिनामा ६१ हजार ४ सय ७८ जनाले श्रम स्वीकृति लिएका विभागको तथ्यांक उल्लेख गरिएको छ। 

विभागको तथ्यांकअनुसार सबैभन्दा बढी मलेसिया, साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (युएई) का लागि श्रम स्वीकृति जारी भएको बताइएको छ ।  गत वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५१.५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५.५ प्रतिशतले वृद्धि भएको जनाइएको छ ।

गत चैत्रसम्मको तथ्यांकअनुसार चैतसम्म ३ लाख ८७ हजार ८ सय ३९ ले नयाँ संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति लिएका थिए भने २ लाख १७ हजार ९ सय ५९ जनाले पुनःश्रम स्वीकृति लिएका थिए । 

नेपाल राष्ट्र बैंककाअनुसार वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै विप्रेषण आप्रवाहमा पनि सुधार देखिएको बताइएको छ । बैंककाअनुसार चालु आवको ९ महिनामा नौ खर्ब तीन अर्ब ३९ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.२ प्रतिशतले बढी हो ।