गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा व्यवसायिक उडान शुरु भएको छ । काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्म नेपाल वायुसेवाको विमानले व्यवसयिक उडान शुरु गरेको हो ।
रेसुङ्गा विमानस्थलमा व्यवसायिक उडान शुरु गरेको नेपाल वायुसेवा निगमले बिहान साढे ६ बजे १३ जना यात्रु लिएर काठमाडौंबाट त्यसतर्फ उडेको थियो । त्यसैगरि उताबाट ७ बजेर ४५ मिनेटमा १४ जना यात्रु लिएर काठमाण्डौ फर्किएको थियो ।
हप्ताको दुई दिन मंगलबार र शुक्रबार काठमाडौं–रेसुङ्गा–काठमाडौं उडान हुने नेपाल बायुसेवा निगमले जनाएको छ । उक्त विमानस्थलमा उडान तालिका शुरु भएसँगै भाडादर पनि तोकिएको छ । जसअनुसार भाडा काठमाडौंबाट जाँदा ६ हजार ५ सय र फर्कदा ६ हजार ३ सय तोकिएको छ ।
काठमाण्डौं देखि रेसुङ्गा विमानस्थल सम्म एकतर्फी उडान समय ५० मीनेट रहेको छ ।