Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

हत्याको विरोधमा गल्छी नुवाकोट सडक अवरुद्ध

२७ बुधबार , बैशाख २०८०२ बर्ष अगाडि

धादिङको गल्छी गाउँपालिका–८ का २८ वर्षीय विनोद थापा मगर हत्याको विरोधमा गल्छी नुवाकोट सडक अवरुद्ध भएको छ । हत्याको विरोधमा दोषीलाई कारवाहीको माग राखि स्थानीयवासीले सडक अवरुद्ध गरेका हुन् ।

बुधवार सामान्य विवादका कारण चक्कु प्रहार हुँदा घाइते भएका मगरको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

बुधबार बिहान ग्राहकको रुपमा होटलमा आएका विनोद र होटल सञ्चालकबीच सामान्य भनाभन भएपछि चक्कु प्रहारसम्मको घटना भएको बताइएको छ । चक्कु प्रहार गरी घाइते बनेका मगरको उपचारका क्रममा ज्यान गएपछि अहिले गल्छी त्रिशुली नुवाकोट सडक अवरुद्ध भएको बताइएको छ ।

प्रहरीले घटनाको छानबिनका लागि होटल सञ्चालक सरस्वती पण्डित र उनका छोरा निरजलाई पक्रेको छ । यस्तै होटलमा खाना खान आएका अन्य ४ जना ग्राहकलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

थापाको हत्याको विरोधमा स्थानीयबासिन्दाले दोषीमाथि कारबाहीको माग राखेर अहिले गल्छी नुवाकोट त्रिशुली सडक खण्ड अवरुद्ध गरेका र उनीहरुले होटल सञ्चालकको गाडी समेत जलाएको बताइएको छ ।