Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प यौन दुर्व्यवहारमा दोषी, ५० लाख जरिवान

२६ मंगलबार , बैशाख २०८०२ बर्ष अगाडि

अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई यौन दुव्र्यवहारमा दोषी ठहर गरेको छ । म्यागेजिनकी लेखिका ई जीन क्यारोललाई यौन दुर्व्यवहार गरेको र झुटो बोलेर उनलाई बदनाम गरेको न्यूयोर्कको जुरीले ठहर गरेको हो ।

दुई हप्ताको लामो सुनुवाइ र करिब ३ घण्टा बहस पछि ट्रम्पलाई दोषि ठहर गर्दै जुरीले क्यारोललाई ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने निर्णय सुनाएको हो । क्यारोलले सन् १९९० को दशकमा पूर्व राष्ट्रपतिले आफूलाई डिपार्टमेन्ट स्टोरमा आक्रमण गरेको समेत बताएकी थिइन् । तर, उनले लगाएको बलात्कारको गम्भीर आरोप भने अस्वीकार गरिएको थियो । 

दुई हप्तासम्म चलेको सुनुवाइमा ट्रम्प स्वयं भने उपस्थित थिएनन् तर उनको धारणा जुरी समक्ष सुनाइएको थियो । मंगलबार निर्णय सुनाउने जुरीमा ६ पुरुष र ३ महिला रहेका थिए । आदेशपछि लिखित वक्तव्य प्रकाशित गर्दै क्यारोलले आज विश्वले वास्तविकता थाहा पाएको र यो उनको मात्रै नभएर आफूलाई विश्वास नगरिएका कारण पीडा खेपेका प्रत्येक महिलाको जित भएको बताईन् ।

यता पूर्वराष्ट्रपति ट्रम्पले उनलाई ठगीको आरोप लगाएका थिए । ट्रम्पले जुरीको उक्त निर्णयलाई अपमानका रूपमा व्याख्या गरेका छन् । उनका प्रवक्ताले ट्रम्पले पुनरावेदन गर्ने तर्क गरेका थिए । यो मुद्दाले आगामी राष्ट्रपति चुनावमा फेरि प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा गम्भीर असर पार्नसक्ने विश्लेषण समेत गरिएको छ ।

त्यस्तै पूर्व राष्ट्रपतिले क्यारोलको आरोपहरू अस्वीकार गर्दै आएका छन् । फौजदारी नभई देवानी अदालतमा सुनुवाइ गरिएकाले ट्रम्पलाई यौन दुर्व्यवहारकर्ताका रूपमा अभिलेखकृत गर्नुपर्ने छैन । जुरीको निर्णयपछि आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसिअलमा ट्रम्पले ती महिला को हुन् भन्नेबारे आफुलाई केही थाहा नभएको बताएका छन ।