Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

अब यो व्यवस्था टिक्न गाह्रो छ

२५ सोमबार , बैशाख २०८०२ बर्ष अगाडि

– नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पु¥याउने योजना सहित सूची हेरफेर प्रकरणमा जोडिन आइपुगेका एक पात्र टेकनारायण पाण्डेले तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको इच्छा अनुसार नै आफूले मानव तस्कर गिरोहलाई सघाएको प्रहरीलाई बताएका छन् । – तिमीहरूले १२ बुँदे ग¥यौ हामी बोलेनौं, दक्षिण–पश्चिमाको योजनामा गठबन्धन ग¥यौ हामी बोलेनौं । किनकि, देश र जनताको पक्षमा अब त केही गरौला भन्ने लागेको थियो । मौन समर्थन गरेका थियौं । मौन समर्थन दिनुको अर्थ जेमन्त गर्ने सहमति होइन ।
– निकै गन्हाइसक्यौ अब त सच्चिएर देश र जनताको पक्षमा केही गरौंला भन्ने आशा पनि म¥यो ।
– अझै ब्यक्तिगत र गुटगत स्वार्थ पुरा गर्नका लागि माफियाराज चलाउने कमारा बन्छौं भने हामीलाई स्विकार्य छैन । लोकतन्त्रका नाममा स्वार्थ र विदेशी भक्त बनेर कतिदिन ताण्डवनृत्य गर्छाैं ? तिमीहरूका अनियन्त्रित राष्ट्रघात, राष्ट्रियताको स्खलन र भ्रष्टाचार, अनियमितताले नेपालीको भविष्य कता पुर्याउने हो ? टुंगो भएन ।
ड्रागन पावर ब्रोडकास्टिङ प्रा.लि.का अध्यक्ष प्रेमसागर पौडेल को यस्तो विश्लेषण छ र भन्छन्– नेपाली राजनीतिमा देखिएका उतारचढावपूर्ण घटना परिघटना हेर्दा लाग्छ अब यो व्यवस्था टिक्न गाह्रो छ ।
कलह छँदै थियो, यो सत्ता कलहमा भ्रष्टाचारको अमिलो थपिएको छ । कसले कसलाई पोल्छ, कसले कसलाई बचाउँछ, कसले कसलाई फसाउँछ, भन्न सकिन्न । नेता र नेतृत्वको नैतिक धरातल केही बाँकी रहेन ।
समृद्ध नेपाल र सुखी नेपालीको उद्देश्यमा हुतिहाराजस्तो देखिएको अवस्थामा यस्तो नागरिकता नै बेच्ने, नागरिकलाई शरणार्थी बनाउने र ठगी तथा मानव बेचबिखनमा राजनीतिज्ञ र प्रशासक मुछिनु भनेको देश असफल हुनु हो, संविधान, संसद, सर्वोच्चको असफलता हो । लोकतन्त्र भन्नेहरूको आत्महत्या भन्दा कम होइन यो मुद्दा । दण्डहीनता, अस्थिरता र अराजकता बढ्यो ।
नेपालको पद्धति जटिल मोडमा पुग्यो । बुझ्न सकिन्छ, राजनीतिमा बाह्य हस्तक्षेप छ  । स्वार्थका लागि भ्रष्टाचारमा चुलुम्मै डुब्नु र विदेशी उक्साहटमा उत्तेजित पक्षको मतियार हुनु नराम्रो हो  । यस्तो प्रवृत्ति हितकर छैन  । यो तरिकाले मलाई लाग्दैन यो व्यवस्था लामो समय टिक्छ । मुख्य कुरो विदेशीको अविश्वास बढ्यो । छिमेकीले आश्वस्त हुने अवस्था पनि रहेन । नेताहरूको संशयपूर्ण चरित्रका कारण नेपालले मित्रहरूको विश्वास गुमायो । नेपालका गतिविधिमा विदेशीको निगरानी बढेर गएको छ । पैसाका लागि जे पनि गर्ने प्रशासक र नेताहरूले नेपाललाई चीनविरोधी, भ्रष्टाचारको अखडा बनाइदिए ।