Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

रोल्पाको स्थानीय निकायमा आफ्नै प्रहरी

२५ सोमबार , बैशाख २०८०२ बर्ष अगाडि

रोल्पा जिल्लाको चार स्थानीय निकायमा पालिकाले आफ्नै प्रहरी भर्ना गरेका छन् । रोल्पा नगरपालिकासहित सुनिलस्मृति गाउँपलिका, रुन्टीगढी गाउँपालिका र माडी गाउँपालिकाले आफ्नै प्रहरी भर्ना गरेका हुन् । 

प्रहरी भर्ना गरिएको मध्ये रोल्पा नगरपालिकाले तीन महिलासहित १० जा नगर प्रहरी भर्ना गरेको बताइएको छ । भर्ना गरिएको नगर प्रहरीमा एक प्रहरी हबलदार र नौ प्रहरी जवान रहेका छन् । जिल्ला सदरमुकाममा रहेको रोल्पाले ट्राफिक व्यवस्थापन, बजार अनुगमन, पर्यटकीय क्षेत्रमा रहेका संरचनाको सुरक्षालगायतका काममा समेत नगरप्रहरी परिचालन हुने गर्दछन् । 

जिल्लाको रुन्टीगढी गाउँपालिकाले जिल्लामा सबैभन्दा पहिला आफ्नै प्रहरी भर्ना गरेको थियो । उक्त पालिकाले एक महिलासहित नौ  नगर प्रहरी भर्ना गरेको छ । जसमा एक जना प्रमुख नगर प्रहरी र आठ  नगर प्रहरी पदमा भर्ना गरिएको छ । नगर प्रहरी सुरक्षा र विकास गतिविधिमा परिचालन हुँदै आएको बताइएको छ ।

त्यसैगरि माडी गाउँपलिकाले गाउँ प्रहरीको नाम दिएर आफ्नै प्रहरी भर्ना गरेको छ । माडीले  दुई महिलासहित सात जना गाउँ प्रहरी भर्ना गरेको बताइएको छ । गाउँ प्रहरीमा एक प्रहरी सहायक निरीक्षक र छ प्रहरी जवान कार्यरत छन् । 

अर्को पालिका सुनिलस्मृतिले नगर प्रहरी भर्ना गरेको छ । उक्त पालिकामा पाँच  जना नगर प्रहरी भर्ना गरेको बताइएको छ । ट्राफिक व्यवस्थापन, बजार अनुगमन, शान्ति सुरक्षालाई चुस्त राख्न नगर प्रहरी परिचालित गरिएको पालिकाले जनाएको छ ।

हाल पालिकाले भर्ना गरेको प्रहरीलाई सलामी, पिटी परेट, भिड नियन्त्रण, रेक्यु, विपद् व्यवस्थान तथा उद्धार र सामान्य हतियार  सञ्चालनसम्बन्धी एक महिनासम्मको तालिम दिइएको थियो । पालिकाको प्रहरीलाई कार्यालय सञ्चालन, ‘चेन अफ कमाण्ड’लगायतका विषयमा समेत तालिम दिइएको बताइएको छ ।

रोल्पा जिल्लाका पालिकाहरुले राजस्व सङ्कलन, न्यायिक समितिलाई सहयोग, सरसफाइ, पर्यटन गाइड र कार्यालय सुरक्षाको लागि आफ्ने प्रहरी परिचालन गर्ने सोच बनाएको छ भने उनिहरुलाई सञ्चार सेट, खुकुरी र लठ्ठीको सहायताले सुरक्षा दिने व्यवस्था मिलाएको बताइएको छ ।

एक नगरपालिकासहित दश पालिका रहेको रोल्पा जिल्लामा पालिकाहरुले भर्ना गरेको प्रहरीको खर्च व्यवस्थापन आन्तरिक स्रोतबाट गर्दै आउको छ ।