Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

अभिनेता खान नेपालमा, १० दिन ध्यान बस्ने

२४ आइतबार , बैशाख २०८०२ बर्ष अगाडि

बलिउड अभिनेता  अमिर खान आज नेपाल आएका छन् । उनी भिस्तारा एयरलाइन्सको विमानबाट नेपाल आइपुगेका हुन् ।

मुम्बईबाट आएका अभिनेता खानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वअर्थ राज्यमन्त्री रुपज्योतिले स्वागत गरेका थिए । उनि बुढानीलकण्ठस्थित विपस्यना ध्यान केन्द्रको कार्यक्रमा सहभागी हुन नेपाल आएको बताइएको छ ।

यसअघि उनी सन् २०१४ मा राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा काठमाडौं आएका खान पछिल्लो पटक आज नेपाल आएका हुन् । उनि काठमाडौंको बूढानीलकण्ठस्थित विपश्यना केन्द्रमा १० दिन ध्यान बस्ने कार्यक्रम रहेको बुझिएको छ ।