Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

देश विकासका लागि कृषि, पर्यटन र उद्योगमा लगानी बढाउनु पर्छ : अध्यक्ष गोल्यान

२३ शनिबार , बैशाख २०८०२ बर्ष अगाडि

देश विकासका लागि रोजगार मुलक उद्योगको स्थापना गर्नुपर्ने नेपाल बैक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले बताएका छन् । नेपाल बिजनेश समिट २०२३ लाई सम्बोधन गर्दै गोल्यानले उक्त कुरा बताएका हुन् ।

अध्यक्ष गोल्यानले मुलुकमा रोजगारमुलक उद्योग स्थापना गर्न सके देश विकासमा टेवा पुग्ने भन्दै उद्योग, कृषि र पर्यटन क्षेत्रमा लगानी बढाउन सरकारलाई आग्रह गरेका छन् । उनले देशमा उत्पादन भएको बस्तुको निर्यात बढाउने र बिलासी सामानको आयातमा रोक लगाउनु पर्ने बताएका छन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै ऊर्जाको माध्यमबाट आर्थिक विकास गर्न सकिने बताए । उनले उत्पादन मुलक उद्योगको बिजुलीमा ५० प्रतिशत र आयात प्रतिस्थापन गर्ने उद्योगमा २० प्रतिशत विद्युत छुट दिन सरकार समक्ष आग्रह समेत गरेका छन् । पर्यटन क्षेत्रमा अहिले पनि विद्युतको लागत मूल्य उच्च कायम रहेको उनको भनाई थियो ।

बैकले दिने प्राथमिकता प्राप्त कर्जालाई सहज बनाउँदै नेपालमा शैक्षिक, कृषि, पर्यावरण पर्यटन भित्राउन तथा नेपाली उत्पादन बढी प्रयोग गर्दै आयात प्रतिस्थापन गर्नुपर्ने उनको धारणा रहेको थियो ।