भारतबाट चालु अर्थिक वर्षको नौ महिनामा चार अर्ब बढिको तरकारी तथा फलफूल भित्रिएको छ । नेपालको पूर्वी नाका काकडभिट्टा प्लान्ट क्वारेन्टाइन कार्यलयकाअनुसार नौ महिनामा ४ अर्ब ४१ कारोड ७३ लाख ८९ हजारको तरकारी तथा फलफूल भित्रिएको हो ।
गत साउन महिना देखि चैत्र मसान्तसम्ममा १ लाख ८० हजार ८ सय १७ मेट्रिक टन तरकारी तथा फलफूल काकडभिट्टा नाकाबाट नेपाल भित्रिएको उक्ता नाकाका सुचना अधिकारी चन्देश्वर ठाकुरले बताएका छन् ।
कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा अहिले पनि भारतबाट ठूलो मात्रमा तरकारी तथा फलफूल आयत भईरहेको छ । भारतबाट ताजा फलफूल भन्दा दोब्बर मुल्य बराबरको तरकारी नेपाल भित्रिने गरेको छ । चालु आर्थिक वर्षको नौ महिनामा २ अर्ब ६२ लाख ५३ हजारको १ लाख ४७ हजार ६ सय ५३ मेट्रिक टन तरकारी भित्रिएको बताइएको छ ।
त्यसैगरि चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७९ करोड १० लाख ३६ हजार मूल्य बराबरको ३३ हजार १ सय ६४ मेट्रिक टन फलफूल नेपाल भित्रिएको पनि पूर्वी नाका काकडभिट्टाले बताएको छ ।
राज्यले कृषिमा लगानि गरेर देश आत्मनिर्भर बनाउने भनिरहेको बेला यसरी नेपालमा दैनिक तरकारी तथा पलफूल आयत भईरहनुले कतै कृषि प्रधान देशलाई गिज्याई रहेको त छैन ? बेलैमा सम्वन्धित निकायको चासो पुग्न जरुरी छ ।