काठमाण्डौं महानगरपालिका भित्र घर निर्माण गरेका तर नक्सा स्वीकृत नभएका हजारौँ घरधनीले नक्सा पासका लागि महानगरपालिकामा निवेदन दिएका छन् । मापदण्ड पुगेका तर नक्सा स्वीकृत नगरी बनाइएका घरको नक्सा पासका लागि महानगरपालिकामा यति धेरै संख्यामा निवेदन परेको हो ।
महानगरपलिकाले गत भदौ २३ गत सुचना जारी गर्दै ९० दिनभित्र नक्सा पास गरेको कागजात पेश गर्न भनेपछि निवेदन पर्न शुरु भएको हो । यसअघि घर निर्माण भएका र मापदण्ड पुगेका प्राप्त निवेदनमध्ये १ हजार ७३५ जनाको नक्सा पास समेत भइसकेको महानगरपालिकाले जानकारी दिएको छ ।
महानगरको सूचनामा सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पेश गर्न सकिने उल्लेख गरिएको थियो । सूचनापछि सात हजार भन्दा बढीले नक्सा अद्यावधिक गर्न समेत निवेदन दिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकका अनुसार गत साउन महिनादेखि महानगरको शहरी विकास विभागले ९३२ वटा डीपीसी स्वीकृत गरेको बताइएको छ । त्यस्तै १ हजार ७३५ वटाको निर्माण सम्पन्न गरेर प्रमाणपत्र दिइएको र यस अवधिमा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका ७२ वटा भवनको नक्सा स्वीकृत भएको छ ।
आर्थिक वर्ष २०७५र०७६ देखि ०७८र०७९ सम्ममा १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका २७८ वटा भवनको नक्सा महानगरपालिकाले स्वीकृत गरेको छ भने २०८० वैशाख १ गतेदेखि महानगरपालिकाले पाँच हजार स्क्वायर फिटसम्मका भवनको नक्सा वडाले नै स्वीकृत गर्ने सक्ने अधिकार दिएको छ ।