आठ वर्षको अन्तरालमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २ सय २० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२/७३ देखि यता २०७९/८० सम्ममा उक्त संख्यामा गैँडाको मृत्यु भएको हो ।
राष्ट्रिय निकुञ्जको ताथ्यांकअनुसार एक आपसमा जुधेर ५१ गैडाको मृत्यु भएको छ । त्यस्तै बुढो भएर ६४, दलदलमा फसेर १९, चोरी शिकारीबाट २०, विरामी भएर १२ गैँडाको मृत्यु भएको बताइएको छ । त्यसैगरि करेन्ट लागेर ८, खाडलमा परेर ३ विष सेवनबाट ५, बाघको आक्रमणमा परि २० र कारण नखुलेका २९ गैँडाको मृत्यु भएको छ ।
बिगत आठ वर्षमा एकसय ओटा भाले गैँडाको मृत्यु भएको छ भने ७६ ओटा पोथी र लिङ्ग पहिचान हुन नसकेका ४४ गैँडाको मृत्यु भएको बताइएको छ । बिगत आठ बर्षको तथ्यांकअनुसार सबैभन्दा बढि आर्थिक वर्ष ०७५/७६ मा ४३ ओटा गैडाको मृत्यु भएको थियो ।
त्यसैगरि सबैभन्दा कम आर्थिक वर्ष २०७२/७३ मा १४ गैँडा मरेको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् । उनकाअनुसार आर्थिक वर्ष २०७३/७४ मा २५, २०७४/७५ मा २६, २०७६/७७ मा २६, २०७७/७८ मा ३३ र २०७८/७९ मा ३७ गैँडा मरेका छन् ।
चालु आर्थिक वर्षको हालसम्म १६ गैँडा मृतावस्थामा भेटिएको सुचना अधिकारी तिवारीले बताएका छन् । निकुञ्जको तथ्यांकअनुसार आर्थिक वर्ष २०६५/६६ देखि ०७९/८० सम्ममा उक्त निकञ्जमा ३२३ गैँडा मरेको छ । जस्मा सबैभन्दा बढि आपसमा जुधेर र बुढो भएर मर्नेको संख्या रहेको छ ।
हाल निकुञ्जले गैँडाको चरनका लागि घाँसेमैदान व्यवस्थापन र पानीको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि सुचना अधिकारी तिवारीले बताएका छन् ।